शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बालुवामाथि ग्राभेल बिछ्याउन शुरु (प्रभाव समाचार)

शुक्रबार, १९ जेठ २०७४, १९ : ३४
शुक्रबार, १९ जेठ २०७४
संजय मिश्रा रौतहट, जेठ १९– रौतहटको कटहरियास्थित लालबकैया सडकमा पुनः ग्राभेल बिच्छ्याउन शुरु गरिएको छ । सडक डिभिजनको लगानी बालुुवामा पानी, ठेकेदार मालामाल शीर्षकमा रातोपाटीमा समाचार प्रकाशित भएपछि बालुुवा राखिएको बाटोमा पुुनःग्राभेल विछ्याउन शुुरु गरिएको छ । समाचार प्रकाशनपछि सडक डिभिजन प्रमुख सुुमन योगेसको नेतृृत्वमा प्राविधिक सहितको टोलीले सरस्वती निर्माण शेवाले कटहरियास्थित लालबकैया पुल छेउमा गरेको ग्राभेलको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षण पश्चात प्रमुख योगेशको निर्देशनमा ठेकदार कम्पनीका उपेन्द्र यादवले सडकमा ग्रेभलको साटो राखेको बालुुवामाथ पुुनः ग्राभेल बिछ्याउन थालिएको हो । करीव दुुई किलोमिटर बाटोमा राखिएको बालुुवामाथि पश्चिमतर्फबाट ठेकदार यादवले दुुई दिनदेखि ग्राभेल बिछ्याउन शुुरु गराएको स्थानीय गणेश साहले बताए । सडक डिभिजनको कुुल १२ लाख रुपैँयाको लागतमा बाटोमा ग्रेभल गर्न सरवस्ती निर्माण शेवाले टेण्डर लिएको थियो । सडक डिविजनका इन्जिनियर श्याम नारायण मिश्रकाअनुुसार मिक्स ग्रेभलमा कम्तीमा ६० प्रतिशत ढुंगा र ४० बालुुवाको मात्रा हुनुपर्छ । तर ठेकदार यादवले सो बाटोमा ग्रेभलको सट्टा बालुवा पुरिरहेका थिए । अर्का स्थानीय समाजसेवी सर्फलाल गुुप्ताले कटहरीयाबाट कलैया, वीरगंज जोडने मुख्य सडक लालबकैया नदी भएरै जाने भएकाले मुुुलबाटोको कामलाई डिभिजनका सुुमन योगेशले निगरानीमा राख्न माग गरेका छन् । नेपाल सरकारको करोडौंको लगानीमा हुनेगरेको विकास निर्माणको काम गुुणस्तरहिन तथा स्टिमेट बिपरित गर्ने निर्माण कम्पनीलाई कालोसूचिमा राख्नुुपर्ने स्थानीयहरुले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप