शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नागार्जुन र दक्षिणकालीमा नगर कार्यपालिका सदस्य निर्वाचित

शुक्रबार, १९ जेठ २०७४, १९ : ३९
शुक्रबार, १९ जेठ २०७४
काठमाडौँ, जेठ १९– नागार्जुन र दक्षिणकाली नगरपालिकामा नगर कार्यपालिका सदस्य निर्वाचित भएका छन् । नागार्जुन नगरपालिकामा पाँच महिला र दलित वा अल्पसङ्ख्यक गरी तीन नगर कार्यपालिका सदस्यको निर्वाचन शुक्रबार सम्पन्न भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । महिला पाँच र दलित वा अल्पसङ्ख्यक तीन सदस्यमा नगरमा निर्वाचित सदस्यमध्येबाट उम्मेदवार हुने र मत दिने व्यवस्था गरिएको छ । सङ्घीय संरचनाअनुसार स्थानीय तहमा यसरी कार्यपालिकाको निर्वाचन भएको यो पहिलो अवसर हो । नगरपालिकाको पाँच नगर कार्यपालिकाका सदस्यमा नेकपा ९एमाले० का गोमा सुवेदी, चन्दा श्रेष्ठ, बिमला महर्जन, रमा चालिसे र शान्ता तामाङ विजयी भएका छन् । यसैगरी दलित वा अल्पसङ्ख्यक सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी कल्पना नेपाली, एमालेका बाबुकृष्ण नेपाली र विद्या नेपाली विजयी भएको उनले बताए । नगर कार्यपालिका सदस्यमा निर्वाचित एमालेका सदस्यले २७, राप्रपाका सदस्यले ३० मत पाएका थिए । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवारले २५ मत पाए । दक्षिणकाली नगरपालिकामा बिहीबार सम्पन्न नगर कार्यपालिकाको निर्वाचनमा नेपाली काँग्रेस र एमालेका चार÷चार सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत प्रतिमा पोखरेलले बताए । नौ वटा वडा रहेको नगरपालिकामा वडा नं ७ बाट दलित महिला सदस्यको उम्मेदवारी नपरेकाले नगरमा ४६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचितमा काँग्रेस र एमालेका २३÷२३ सदस्य रहेकाले कार्यपालिका सदस्यमा दुवै दलले सहमति गरेर चार÷चार पदमा उम्मेदवारी दिएकाले निर्विरोध भएको नगर निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचित हुने पाँच महिलामा काँग्रेसका दुई र एमालेका तीन सदस्य छन् । काँग्रेसका लक्ष्मी भण्डारी र कविता खत्री एवम् एमालेका शारदा आचार्य, निर्मला मगराती र मीना मगर छन् । त्यसैगरी दलित वा अल्पसङ्ख्यक सदस्यमा काँग्रेसका दुई र एमालेका एक निर्विरोध भएका छन् । निर्वाचित हुनेमा काँग्रेसका रमा पहरी र गौरी नेपा पोडे एवम् एमालेका राजेश परियार छन् । शङ्खरापुर नगरपालिकामा यसअघि नै एमालेका आठ सदस्य निर्वाचित भइसकेका छन् । यसैगरी शनिबार गोकर्णेश्वर र तारकेश्वर नगरपालिका एवम् जेठ २२ गते कीर्तिपुर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, चन्द्रागिरि र टोखा नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन तोकिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप