सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मानिसलाई अभिवादन गर्न नपरोस् भनी यी युवतीले गरिन् २८ वर्षदेखि दृष्टिविहिनको नाटक

आइतबार, २१ जेठ २०७४, १३ : ०८
आइतबार, २१ जेठ २०७४

अडिटी सेन्ट्रल

जेठ २१ – २८ वर्ष अघि, मेड्रिडकी कार्मेन जिमेनेज आँखाको भयानक संक्रमणका कारण दृष्टिविहिनी भइन् । उनले यसबारे सबैलाई जानकारी दिइन्, आफ्नै परिवारका सदस्यलाई पनि । किनभने आफूले गर्न नै नचाहेको मानिसलाई ‘हेलो’ भनी अभिवादन गर्ने संस्कारबाट उनी बच्न चाहन्थिन् ।

५७ वर्षीया उनले सबैकुरा निकै राम्रोसँग देख्ने कुराको केही समय अघि रहस्योद्घाटन गरेकी छिन् । उनको यो पर्दाफासले उनको परिवारलाई चकित तुल्यायो यद्यपी, उनीहरुले उनको अवस्थाबारे शंका गर्ने गर्दथे । उनका श्रीमानले पत्रकारलाई दिएको जानकारी अनुसार उनले आफ्नो मेकअप निकै राम्रोसँग गर्ने गर्दथिन् । कहिलेकाँही उनले टेलिभिजन हेर्नसमेत कोसिस गरेको उनको परिवारले जानकारी दिए । तर उनले दृष्टिविहिनको नाटक गरिरहेको भनी कहिले पनि भनिन् । उनले यसबारे २८ वर्षपछि मात्र जानकारी दिइन् ।

लगभग ३ दशकसम्म दृष्टिविहिनको नाटक किन गर्नुपर्यो भन्ने प्रश्नको निकै रोचक उत्तर दिन्छिन् उनी । उनी भन्छिन्, ‘मानिसहरुलाई बाटोमा भेट्दा हेलो भन्न मलाई असाध्यै मन पर्दैनथ्यो । आफूलाई मन नपरेपनि यस्तो गर्दागर्दा म आजित भइसकेको थिएँ । म कहिले पनि त्यति सामाजिक रहिनँ । त्यसकारण दृष्टिविहिनको नाटक गर्दा मैले विभिन्न सामाजिक कार्यहरुको छुट पाउँथें ।’

कार्मेन अहिले कानूनी रुपमा पनि फसेकी छिन् । विशेष आर्थिक सहयोगका लागि उनले आफूलाई दृष्टिविहिनको रुपमा दर्ता गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप