स्कूलमा पोर्न हेरिरहेकी थिइन् ९ वर्षीया बालिका, शिक्षकले सोध्दा दिइन् यस्तो जवाफ
एजेन्सी
जेठ २४ – टेक्सासको एक प्राइमरी स्कूलका शिक्षकले ९ वर्षीया बालिकालाई आइप्याडमा पोर्नोग्राफी सर्च गरिरहेको अवस्थामा पक्राउ गरिन् । उनलाई यस्तो सामग्रीको खोजी गर्नुको कारण सोध्दा उनले रोचक उत्तर दिइन् ।
साथीहरुसँग थुप्रै दिनदेखि खोजीरहेकी थिइन् पोर्न फिल्मः
– टेक्सासको एक स्कूलमा पढ्ने विद्यार्थीलाई स्कूलको तर्फबाट आइप्याड दिइएको थियो ।
– स्कूलका शिक्षकले जब ९ वर्र्षीया बालिकाको आइप्याडमा भएको हिस्ट्रि सर्च गर्दा उनीहरु अचम्ममा परे । वास्तवमा ती बालिकाले थुप्रै पटक पोर्न फिल्मको खोजी गरेको भेटियो ।
– जब शिक्षकले बालिकालाई बोलाएर यसबारे उनलाई सोधे तब उनले भनिन्, ‘म र मेरा साथी यो जान्न चाहन्थ्यौं कि ममाथि एकजना आफन्तले जे गरिरहेका थिए, आखिर त्यो हो के ?’
– वास्तवमा, बालिकाको घरमा बस्ने ३१ वर्षका एन्थोनी गेरेले उनलाई त्यति बेलादेखि यौन शोषण गरिरहेका थिए जब उनी सात वर्षकी थिइन् ।
– बालिकाले शिक्षकलाई यो पनि बताइन् कि एन्थोनीले उनकी बहिनीसँग पनि यस्तो व्यवहार गर्दथे त्यसकारण पोर्न फिल्मको खोजी गरेर आफू र बहिनीमाथि जे भइरहेको छ, आखिर त्यो के हो भनी उनी बुझन् चाहन्थिन् ।
पुलिसले गर्यो पक्राउः
– बालिकाको सबै कुरा थाहा भएपछि विद्यालयका शिक्षकले यसबारे पुलिसलाई जानकारी दिए ।
– पुलिसले तत्काल एन्थोनीलाई पक्राउ गरे ।
– अहिले उनी जेलमा छन् र उनीमाथि यौनहिंसाको मुद्दा दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण