रुकुम पूर्वको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ
रुकुम । रुकुम पूर्वको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ उडाइएको छ । परीक्षणका लागि जिल्लाको सिस्ने गाउँपालिका–६ रुकुमकोटमा प्याराग्लाइडिङ उडाइएको हो । पर्यटन प्रवद्र्धन वातावरण संरक्षण केन्द्र, रुकुमको आयोजनामा प्याराग्लाइडिङ परीक्षण शुरु भएको हो ।
यसभन्दा पहिले सिङ्गो रुकुम एक हुँदा रुकुम पश्चिमको मुसिकोटबाट प्याराग्लाइडिङमा रुकुमकोट पुगिए पनि नयाँ जिल्ला भएपछि पहिलो पटक प्याराग्लाइडिङ उडानको परीक्षण भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए ।
प्याराग्लाइडर सञ्चालनको सम्भाव्यता अध्ययन गरी जिल्लामा साहसिक पर्यटनको प्रवद्र्धन गर्ने र प्याराग्लाइडिङमा व्यावसायिकता शुरु गर्ने प्रमुख लक्ष्यका साथ शुरु भएको हो । प्याराग्लाइडिङले यहाँ आन्तरिक तथा बाह्य पर्यटनको विकास हुने र जिल्लाको आर्थिक विकास हुने पर्यटन प्रवद्र्धन वातावरण संरक्षण केन्द्र, रुकुमका अध्यक्ष चन्द्रबहादुर केसीले बताए ।
प्याराग्लाइडिङले जिल्लाको समग्र पर्यटन विकासमा ठूलो टेवा पुग्नाका साथै ५२ पोखरी ५३ टाकुरीको नामले प्रख्यात रुकुम जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन थप मद्धत पुग्ने यहाँका स्थानीयवासीको भनाइ छ ।
स्विट्जरल्याण्डका नागरिक डेनेल मायरले पहिलो पटक जिल्लामा प्याराग्लाइडिङ उडाएका हुन् । यहाँ प्याराग्लाइडिङका लागि सम्भावना राम्रो पाइएको उनले बताए ।
जिल्लाको सिस्ने गाउँपालिकाको धुरिलेखबाट उडान गरिएको प्याराग्लाइडिङ रुकुमकोटमा ल्याण्डिङको अवस्था राम्रो भए पनि अवतरणका लागि सधैँ प्रयोग गर्ने ठाउँको स्थापना गर्नुपर्ने स्विट्जरल्याण्डका नागरिक मायरको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण