स्कूलमा हामीलाई पढाइएका यी सात कुराहरु थिए गलत, यस्तो छ वास्तविकता
एजेन्सी
जेठ २६ – विद्यालयमा पढाइएका केही कुरा मानिसहरुले जीवनभरी सही मानेर अनुसरण गर्ने गर्दछन् । यतिमात्र होइन, आउँदो पीढिलाई पनि मानिसहरुले त्यही हिसाबले ज्ञान बाँड्ने गर्दछन् । यस्तो अवस्थामा हामीलाई विद्यालयमा नै सिकाइएका केही कुराहरु गलत भए के होला ?
१. बाँदरबाट मानिसहरुको उत्पत्ति भएको होइनः
यो तस्बिरलाई तपाईं पनि आफ्नो स्कूलको किताबमा देख्नुभएको होला । हामीलाई बाल्यकालदेखि यो बताइयो कि मानिसको पूर्वज बाँदर हुन् । तर मानिस र बाँदर दुबै एउटै प्रजातिमा आएपनि यी दुई जीव नितान्त अलग हुन् । मानिस र बाँदरबिच ९९ प्रतिशत समानता भएपनि यसका अर्थ बाँदर नै मानिस बनेको थियो भन्ने होइन । दुबै एकै प्रजातिका भिन्न भिन्न जीव हुन् ।
२. कोलम्बसले बताएः गोलो छ पृथ्वी
स्कूलमा तपाईंले पनि पढ्नुभएको होला कि कोलम्बस नै थिए जसले पृथ्वी गोलो भएको बताए । तर कोलम्बसले समुन्द्र पार गरेर यसबारे पत्ता लगाएका भन्ने दिइएको जानकारी गलत छ । वास्तवमा, कोलम्बसले २ हजार वर्ष पहिले लेखेको ग्रीस किताबमा नै यो कुराको बताइएको थियो कि पृथ्वी गोलो छ ।
३. अंतरिक्षमा हुन्छ शून्य गुरुत्वाकर्षणः
यो वास्तविक हो कि अंतरिक्षमा अंतरिक्षयात्री हावामा उडिरहन्छन् तर यसको अर्थ यो होइन कि त्यहाँ शून्य गुरुत्वाकर्षण हुन्छन् । वास्तवमा, अंतरिक्षमा पनि गुरुत्वाकर्षण हुन्छ तर जतिजति तपाईं माथि जानुहुन्छ त्यो कम हुँदै जान्छ ।
४. गणितमा फेल भएका थिए आइन्स्टाइनः
विद्यालयमा विद्यार्थीलाई थुप्रै शिक्षकले यो कहानी सुनाउने गर्दछन् कि आइन्स्टाइन स्कूलमा गणितको विषयमा फेल भएका थिए । हुन त यसमा शिक्षकले विद्यार्थीलाई सफलतातर्फ प्रोत्साहित गर्नका लागि यसो भनेका हुन् तर जानकारी होस् कि आफ्नो स्कूले जीवनमा आइन्स्टाइन निकै होसियार थिए । ११ वर्षको उमेरमा नै उनी कलेज स्तरको फिजिक्स किताब पढ्ने गर्दथे ।
५. गुलामले बनाएका थिए पिरामिड्सः
स्कूलको इतिहास किताबमा पढ्नुभएको होला कि पिरामिड्सलाई गुलामले बनाएका थिए । तर केही समय अघि भएको अनुसन्धानमा यो कुरा सार्वजनिक भएको छ कि यो बनाउने व्यक्तिलाई निकै मोटो रकम दिइएको थियो । साथै जो पनि कामदारको मृत्यु पिरामिड बनाउने क्रममा भयो उनीहरुको शवलाई पिरामिड्स नजिकैको चिहानमा गाडिएको थियो ।
६. अंतरिक्षबाट देखिन्छ ग्रेट वाल अफ चाइनाः
बाल्यकालमा हामीले पढेका थियौं कि अंतरिक्षबाट नाङ्गो आँखाले ग्रेट वाल अफ चाइना देखिन्छ । तर नासाले यो कुराको पुष्टि गरेको छ कि यो कुरामा कुनै वास्तविकता छैन ।
७. निलो हुन्छन् नसाः
हामीले आफ्नो नसा निलो देख्छौं तर त्यसको वास्तविक रंग रातो नै हुन्छ । वास्तवमा, प्रकाशका कारण नसाको रङ निलो देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण