काँडाघारीमा १३ बर्षिया बालिका बलात्कृत
आइतबार, ०६ फागुन २०७४, ०८ : २२
काठमाडौं - काठमाडौंको काँडाघारीमा १३ बर्षिया बालिका बलात्कृत भएकी छिन् ।
गत माघ २७ गते कागेश्वरी मनहरा नगरपालिका–८ स्थित काँडाघारीमा १३ बर्षिया बालिका बलात्कार गरेको अभियोगमा २२ बर्षिय दिनेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
‘बलात्कारमा संलग्न उदयपुरका दिनेश गुरुङ लाई हामीले नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले भने, ‘थप अनुसन्धान भईरहेको छ ।’
बारा स्थायी घर भएकी बालिकालाई काँडाघारी स्थित एकान्त ठाउँमा लगेर उदयपुरको कटारी नगरपालिका स्थायी घर भएका गुरुङले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गुरुङलाई शनिवार बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिइएको डिएसपी पौडेलले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
-
सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ, पुराना आपराधिक रेकर्डसमेत खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण