रिसर्च कागतीपानी पिउनुका फाइदा
शनिबार, २७ जेठ २०७४, १४ : ४१
हरेक दिन खाली पेटमा मनतातो पानीमा कागती निचोरेर पिउँदा निकै लाभदायक हुने विज्ञहरूले सुझाब दिएका छन् । कागतीपानीमा भिटामिन, मिनरल्स र फाइबरको मात्रा पर्याप्त हुन्छ । विभिन्न रिसर्चका आधारमा युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरले दिनहँु खाली पेटमा मनतातो कागतीपानी पिउनुका फाइदाबारे जानकारी दिएको छ :
कागतीमा पाइने फाइबर, साइट्रिक एसिड र पानी एकसाथ मिल्दा शरीरको बोसो काट्न भूमिका खेल्छ । नियमित खाली पेटमा कागतीपानी पिउनाले तौल घटाउन सघाउ पुग्छ ।
िएन्टिअक्सिडेन्ट र एल्कलाइन गुणको स्रोत कागतीपानी भएकाले कैैफिनयुक्त अन्य ड्रिंक्सको तुलनामा धेरै इनर्जी दिन्छ । बडी सेल्सलाई दिनभर ऊर्जाशील राख्न सघाउ गर्छ ।
कागतीपानीले शरीरमा मेटाबोलिजम बढाउँछ । शरीरमा पाचन रस पनि धेरै पैदा गर्छ । यसमा पाइने डायटरी फाइबर्सले पाचन क्रिया सहज बनाउँछ । शरीरभित्र जमेर रहेको हानिकारक पदार्थ निष्कासन गर्न पनि भूमिका खेल्छ ।
एक कप कागतीपानीमा बढीमा २० क्यालोरी हुन्छ । यसले शरीरमा एक्स्ट्रा क्यालोरी जम्मा हुन पनि दिँदैन । यसमा हुने डायटरी फाइबर्स, साइट्रिक एसिड र शक्तिशाली एन्टिअक्सिडेन्टले कोलेस्ट्रोल बाहिर निकालिदिन्छ ।
कागतीपानीमा हुने एन्टिब्याक्टेरियल तत्वले मुखको ब्याक्टेरिया मार्छ र श्वासको गन्ध हटाउँछ । यसमा हुने भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा रुघाखोकी र फ्लुबाट बचाउने गर्छ । क्याल्सियमले दाँत बलियो बनाउँछ ।
आइरन र भिटामिन सी प्रचुर मात्रामा हुने भएकाले कागतीपानीले दिमागमा अक्सिजनको सञ्चार सहज गराउँछ ।
मनतातो कागतीपानीले घाँटीको खसखस हटाउँछ । यसमा हुने भिटामिन सी र अल्काइन पावरले कफ निकाल्छ ।
कागतीपानीमा पाइने पोटासियम, म्याग्नेसियम, फाइबर र एन्टिअक्सिडेन्टले शारीरिक पीडा कम गर्छ । यसले शरीरको युरिक एसिड पनि बाहिर निकाल्छ । जोर्नीको दुखाइ पनि कम गराउँछ ।
कागतीमा पाइने बी–६ ले खानालाई शक्तिमा बदल्न मद्दत गर्छ । मेटाबोलिजम प्रक्रियालाई पनि दु्रत पार्छ ।नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण