६ घण्टाभित्र हारे ३५ अर्ब, पाँच श्रीमतीः जुवामा बर्बाद भए साउदी राजकुमार
एजेन्सी
जेठ २७ – तपाईंले साउदी अरबका धनाढ्यबारे थुप्रै कहानी सुन्नुभएको होला । आजकाल इन्टरनेटमा साउदी अरबका राजकुमारसँग जोडिएको यस्तो कहानी भाइरल भइरहेको छ जुन निकै रोचक छ । यी राजकुमारले ६ घण्टाभित्र ३५० मिलियन डलर अर्थात् ३५ अर्ब बढि रकम हारेका छन् । खबर अनुसार जब उनीसँग जुवा खेल्न पैसा भएन तब उनले आफ्ना ५ श्रीमती दाउमा लगाइदिए ।
भाइरल भइरहेको छ यो कहानीः
साउदी अरबका यी राजकुमारको नाम प्रिन्स मजेद बिन अब्दुल्लाह अल सूद हो । योभन्दा पहिले यी राजकुमारको नाम थुप्रैपटक लागुऔषधसँग जोडिएको थियो । अहिले उनीसँग सम्बन्धित जुवाको यो नयाँ कहानी भाइरल भइरहेको छ ।
भाइरल भएका यी खबरमा क्यासिनोका मालिकको बयान पनि छापिएको छ जसअनुसार राजकुमारसाग पैसा नभएपछि उनले एकएक गरी आफ्ना पाँच श्रीमतीलाई दाउमा लगाएको र हारेका छन् ।
श्रीमती हारेपछि उनले क्यासिनो छोडेर गएको बताएका छन् ।
श्रीमतीको मूल्य २५ मिलियन डलर (२ अर्ब बढि) बताइएको छ । उनले आफ्ना ९ श्रीमतीमध्ये पाँचजनालाई दाउमा लगाएको बताइएको छ ।
झुटो बताइँदैछ यो खबरः
– यो खबरलाई थुप्रै वेबसाइटले प्रमुखताका साथ छापेका छन् । तर यस्ता थुप्रै वेबसाइट पनि छन् जसले यसलाई झुटो बताइरहेका छन् ।
खबरको वास्तविकता पस्किने वेबसाइट snopes.com ले पनि यसलाई झुटो बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण