दुई नम्बर प्रदेशको चुनाव सार्न देउवाको प्रस्ताव
काठमाडौ, जेठ २८– तराई मधेशको माग पूरा गर्न दुई नम्बर प्रदेशको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावलाई राष्ट्रिय जनता पार्टी नेपालले अस्वीकार गरेको छ ।
राजपा नेपालको माग पूरा गराउनका लागि असार १४ गतेको चुनाव प्रभावित हुने भएकाले चुनाव पनि होस् र माग पनि पूरा होस् भनि उत्तम विकल्प के हुने भनी प्रधानमन्त्री देउवाले बैठकमा जिज्ञासा राखेका थिए ।
माग पूरा गराउन सरकार प्रतिवद्ध छ तर सो प्रक्रियामा गयो भने असार १४ गतेको चुनाव हुँदैन, त्यसको विकल्प खोज्दै जाँदा दुई नम्बर प्रदेशको चुनाव स्थगित गरी मागहरु पुरा गरेर तेस्रो चरणमा चुनाव गराउँदा के हुन्छ भनि प्रधानमन्त्री देउवाको प्रस्तावमा राजपाका नेताहरुले चुनाव सारेर होस् वा नसारेर होस् आफूहरुको माग पूरा हुनुपर्ने कुरामा जोड दिएको बताइएको छ ।
यद्यपी चुनावको मिति सारेर आफूहरुको माग पूरा गर्न चाहेको हो भने दुई नम्बर प्रदेशका ८ वटा जिल्ला मात्र होइन, २५ वटा जिल्लाका चुनाव सार्नुपर्ने कुरा राखेको राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले जानकारी गराए ।
उनले भने, ‘हाम्रो प्रस्ताव चुनाव सार्ने होइन, यदि सरकारले चुनाव सारेर मधेशी दलको माग पूरा गर्न चाहेका छन् भने ८ जिल्ला मात्र होइन, २५ वटा जिल्लाको चुनाव सार्नुपर्छ ।’
दोस्रो चरणमा बाँकी चार प्रदेशका ४१ जिल्लामा निर्वाचन हुँदैछ । राजपाले मधेशी, थरुवान, लिम्बुवान जिल्लाका चुनावहरु पनि सार्नका लागि गरेको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।
पत्रकार सम्मेलनमा राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग चुनाव सार्ने विषयमा जिज्ञासा राख्दा उनले आफूहरुले चुनाव सार्ने प्रस्ताव नगरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण