निर्धारित मितिमै निर्वाचन हुन्छ : उपप्रधानमन्त्री गच्छदार
आइतबार, २८ जेठ २०७४, २० : १३
विराटनगर, जेठ २८ – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने बताए ।
विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँगको कुराकानीमा उहाँले निर्वाचनको मिति नसर्ने र राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकार हरसम्भव प्रयासरत रहेको जानकारी गराए ।
निर्वाचनलाई सार्थक बनाउन निर्वाचनसम्बन्धी केही प्रावधानलाई सहज बनाउन सरकार लागि परेको उल्लेख गर्दै उहाँले निर्वाचन आयोगको सहमतिमा निर्वाचनसम्बन्धी ऐन, नियमलाई थप सहज बनाएर सबै पक्षलाई निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको स्पष्ट पारे ।
उनले संविधानलाई सर्वस्वीकार्य बनाउन निर्वाचनपछि दलको सहमतिमा संविधान संशोधन प्रक्रियाअघि बढ्ने बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
-
बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण