सेनाले हडपेको जग्गा फिर्ता गर्न हेटौंडा बासीको माग
आइतबार, २८ जेठ २०७४, २१ : १७
हेटौँडा, जेठ २८ – सशस्त्र द्वन्द्वका बेला नेपाली सेनाले प्रयोग गरेको पूर्व–पश्चिम राजमार्गसँगैको जग्गा फिर्ता गर्न वा उचित स्थानमा सट्टा दिन स्थानीय पीडितले आग्रह गरेका छन् ।
मनहरि गाउँपालिका–६ सुनाचुरीका स्थानीयको द्वन्दकालमा नेपाली सेनाले लिएको जग्गा उपभोग गर्न नपाएकामा उनीहरुले दुःखेसो पोखेका हुन् । सुनाचुरीमा रहेको श्री १ नम्बर गजदल गणअन्तर्गत इमल्सन प्लान्टका लागि सेनाले स्थानीयको करिब दुई विगाहा जमिन लिएको थियो । जग्गा उपभोग गर्न दिनुपर्ने वा उचित मुआब्जा दिनुपर्ने माग स्थानीयबासीले गरेका छन् । २०५८ सालमा घर टहरा हटाएर लिएको स्थानीयको सो जग्गामा सेनाले संरचना बनाउन रोक लगाउँदै आएको छ ।
राजमार्गसँग जोडिएको भएकाले जमिनको मूल्य लाखौँ रुपैयाँ पर्ने पीडित पक्षको दाबी छ । द्वन्द्वको समयमा सेनाले जग्गा कब्जा गरेको बताउँदै ६८ वर्षीय शेरबहादुर खड्काले २० जनाको परिवार पाल्न निक्कै समस्या परेको बताए ।
सेनाले जग्गा नछाड्ने भए पीडितलाई जग्गा सट्टा भर्ना वा क्षतिपूर्ति दिनुपर्ने स्थानीय अगुवा अशोक शाक्यको भनाइ छ ।
मनहरि गाउँपालिका वडा नं ६ का वडाध्यक्ष गोपिलाल मोक्तानले जनताको जग्गा जनतालाई फिर्ता गर्न आफूले पहल गरिरहेको बताए ।
यसैबीच श्री १ नम्बर गजदल गणले स्थानीयको गुनासो हल गर्ने प्रक्रियामा रहेको जनाएको छ । इमल्सन प्लान्टका प्रमुख तथा प्रमुख सेनानी दिपेश खनालले समस्या समाधानका लागि जङ्गी अड्डासँग समन्वय गरिरहेको जानकारी दिए। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण