के पीएसजीका समर्थकहरूले मेस्सीलाई स्वागत गर्लान् ?
फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मेनका म्यानेजर क्रिस्टोफर गाल्टियरले विश्वकप विजेता खेलाडी लियोनेल मेस्सी पिएसजी फर्किँदा समर्थकहरूले उनलाई स्वागत गर्ने विश्वास व्यक्त गरेका छन् ।
हालै सम्पन्न विश्वकप फाइनलमा अर्जेन्टिनी कप्तानले दुई गोल गर्नुका साथै पेनाल्टी सुटआटमा गोल गर्दै फ्रान्सको लगातार दुईपटक उपाधि जित्ने सपना चकनाचुर पारेका थिए । विश्वकप जितेपछि अर्जेन्टिनामा खुसीयाली मनाउँदा अर्जेन्टिनी खेलाडीहरूले फ्रान्सका खेलाडीहरूको मजाक उडाएका थिए । जसमा पीएसजीमा मेस्सीका सहकर्मीहरू पनि रहेका थिए ।
विश्वकपपछि बिदामा रहेका मेस्सी जनवरी ३ मा क्लबमा फर्कने भएका छन् ।
क्लबका म्यानेजर गाल्टियरलाई पत्रकारहरूले प्रश्न गरेका थिए, ‘के फ्रान्सका समर्थकहरू मेस्सीसँग रुष्ट छैनन् ?’ जवाफमा गाल्टियरले पीएसजीका समर्थकहरूले मेस्सीलाई स्वागत गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘मलाई यकिन छ पार्क डेस प्रिन्सेसमा मेस्सीलाई स्वागत गरिनेछ । उनले भर्खरै विश्वकपको सबैभन्दा सुन्दर ट्रफी जितेका छन् । यो सिजनको सुरुवातदेखि उनले क्लबका लागि कस्तो योगदान दिएका छन् भन्ने पनि बिर्सनु हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई खुकुरी प्रहार गरेको आरोपमा ९ जना पक्राउ
-
अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु
-
न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
-
संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न दिन कांग्रेससँग राप्रपाको माग
-
चिप्स खाने च्यालेन्जमा किशोरको मृत्यु
-
संसद् भवन अगाडि गृहमन्त्रीको विरोधमा नेविसंघको प्रदर्शन, ११ जना पक्राउ (तस्बिरहरू)