शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, २०८२ सम्म कर्जा भुक्तान गर्नेले प्रोभिजन चार्ज तिर्नुनपर्ने

बुधबार, २० पुस २०७९, १५ : ३७
बुधबार, २० पुस २०७९

अन्ततः नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि निर्देशन (मार्गदर्शन), २०७९ को पुनरसंरचना गरेको छ । बैंकले बुधबार जुममार्फत निर्देशन संशोधन गर्दै चालू पुँजी कर्जाको प्रोभिजन समय हेरफेर गर्दै सोमा लाग्ने चार्ज समेत हटाएको हो । 

चालु पुँजीकर्ता भुक्तानीलाई ५ किस्तामा विभाजन गर्दै बैंकले २०८२ असार मसान्तसम्म बाँकी भुक्तानी गरे ऋणीले प्रोभिजनबापत लाग्ने कुनै सुल्क नलिने बैंकले घोषणा गरेको छ ।  २०८० असारदेखि सुरु भएर २०८२ भन्दा अघिनै भुक्तानी भए तोकिएको सीमा भन्दा माथिको सुल्क नलिने बैंकको भनाइ छ ।
यसअघि ५० लाखसम्मको सीमा तोकिएकोमा अब सोलाई १ करोडसम्म मानिने बैंकले जनाएको भने २ करोडको सीमामा कुनै परिवर्तन गरिएको छैन । 

यस्तै, बैंक तथा वित्तीय कम्पनीहरुका लागि निक्षेप कर्जाको विवरण वर्षमा चार पटक प्रकाशित गर्नुपर्ने प्रावधान यथावत् राख्दै कम्तिमा एकपटक आकस्मिक रिपोर्ट जारी गर्नुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।

यसअघि राष्ट्र बैंकले चालु पुँजी कर्जामा कडाई गर्दै व्यवसायमा थप अप्ठेरो पारेको भन्दै व्यवसायीले यसको विरोध गर्दै आएका थिए । सोही विरोधकाबीच आज विहानमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्रीसहित गभर्नरलाई बोलाएर सो बारेमा पुनरविचार गर्न निर्देशन दिएका थिए । यसलतत्तै राष्ट्र बैंकले पत्रकार सम्मेलन गरेर निर्देशनको संशोधन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप