अन्यत्रकै फोटो भाइरल गरी पोखरा विमानस्थलको बदनाम गरियो : गौतम
पोखरा । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र तोडफोड गरिएको भन्दै एउटा फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल छ । फोटोमा कमबोड माथि टायल तोडफोड गरिएको देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा त्यो फोटो भाइरल भएसँगै भर्खरै सञ्चालनमा आएको पोखरा विमानस्थलको व्यवस्थापन समितिको चर्को आलोचना भइरहेको छ । तर, विमानस्थलका प्रमुख विक्रम गौतमले भने अन्यत्रकै फोटो भाइरल गराएर आफूहरुलाई बदनाम गर्ने हर्कत भएको सुनाए ।
‘विमानस्थलमा अझै केही ठाउँमा मर्मत भइरहेको छ । नयाँ धारा राख्दै हुनुहुन्छ । त्यो अवस्थामा कसले किन यस्तो भ्रम फैलाइरहेको छ भन्ने थाहा छैन,’ उनले भने, ‘जुन फोटो अहिले भाइरल भइरहेको छ, आखिरमा त्यो फोटो भैरहवा विमानस्थलको पो रहेछ ।’
गौतमले ठूलो संघर्षले बनेको विमानस्थललाई बदनाम गर्न अनेक प्रपञ्च अपनाइएको सुनाए । ‘सबैले विमानस्थलको चर्को विरोध गरेका छन् । राज्यलाई कसरी राम्रो गर्न सकिन्छ भनेर लागेका छौं । हामीले व्यक्तिगत जागिर खान जानेका पनि छौं नि,’ उनले भने, ‘यति धेरै कोअपरेट गर्दा पनि विभिन्न कुरा जोडेर विरोध गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण