शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : अवसरलाई बोध गर्न नसक्दाको नतिजा

बिहीबार, २१ पुस २०७९, १० : ११
बिहीबार, २१ पुस २०७९

जीवनमा अवसर पाएर मात्र हुँदैन प्राप्त अवसरलाई सदुपयोग गर्न जान्नु पनि पर्छ, सक्नु पनि पर्छ । जसले सदुपयोग गर्न सक्छ वा जानेको हुन्छ उसले सुख पाउँछ जसले सक्दैन वा जान्दैन उसले दुःख बाहेक केही पाउँदैन । जीवनमा अवसर आउँछ नआउने होइन । कति आउँछ कति । त्यसैले यसबारे जति सतर्क हुनुपर्छ त्यसलाई सदुपयोग गर्न पनि उत्तिकै जान्नुपर्छ, सक्नुपर्छ । अन्यथा पश्चात्ताप बाहेक हात लागी केही हुँदैन । उदाहरणका लागि सत्यव्रतलाई नै लिन सकिन्छ ।

   परापूर्व कालमा एक जना सत्यव्रत नामक सज्जन थिए । समाजले उनलाई बेहोसी र पटमूर्ख शिरोमणिको उपाधि दिएको थियो । कोही बेहोसी भन्थे कोही पटमूर्ख भन्थे । यद्यपि नाम राम्रो थियो स्वभाव पनि राम्रो थियो । छलछाम र छक्कापञ्जा जानेका थिएनन् । तथापि स्वभावगत बेहोसी वा मूर्खताका कारण प्राप्त अवसरलाई सदुपयोग गर्न भने सक्दैनथे, जसले गर्दा दुःखबाहेक केही पाउँदैनथे ।  

   परिवार गरीव थियो बाबु सानैमा बितेका । आमाले नै घरका सबै व्यवहार मिलाउनुपर्ने हुन्थ्यो । छोरालाई कुनै पैसा आउने काम गर्न भन्थिन् तर के गरुन् यस्तो काम कसरी खोज्ने जानेकै थिएनन् । आमा आफैँले खोजेर लगाइदिन्थिन् त्यहाँ पनि टिक्दैनथे । खेत वारी खन्न पठायो गहिरो खाडल बनाएर एकै ठाउँमा खनिदिन्थे । खेतीपाती कुर्न पठायो एकै ठाउँमा बसेर हेरिरहन्थे बालीनाली गाईवस्तुले खाइसकेको पत्तो पाउँदैनथे । फलफूलमा पानी हाल्न लगायो एउटै बोटको फेदमा पानी खन्याइरहेका हुन्थे । सरसफाई गर्न पठायो त्यस्तै । एकै ठाउँमा कुचो लगाइरहेका हुन्थे ।

   कतै पनि नटिकेपछि एक दिन आमा उनलाई लिएर शहरका एक जना सेठजीसँग रोइकराई गर्न पुगिन् । सेठजीले पहिले त मानेका थिएनन् तर ज्यादै नै जिद्दी गरेकी हुनाले घोडा डो¥याउने काम दिए । उनी हरेक दिन घोडा डो¥याएर सेठजीलाई अफिस पु¥याउँथे बेलुका त्यसैगरी लिएर आउँथे । दिनभर सेठजीको प्रतीक्षा गर्थे । सरल काम नभएकाले यहाँ भने लामै समय टिके ।   

   समय बित्दै गयो । संयोगवश एक दिन सेठजीको घरमा चामल सकिएको रहेछ । अब सेठानीलाई आपद प¥यो । दराजमा हेरिन् पैसा पनि सकिएको रहेछ । त्यसैले एक जना नोकरमार्फत् सेठजी समक्ष खबर पठाइन् । नोकरले उनै सज्जनलाई ढोकामा देख्यो र खबर दिएर आयो । उनले सेठजीलाई खबर दिन खोजे तर सेठजी मिटिङमा रहेछन् पाले दाइले भित्र जान दिएनन् । त्यसपछि बाहिरैबाट सबैले सुन्ने गरी चिच्याउँदै भने–

   ‘सेठजी ! सेठजी ! घरमा चामल सकिएको रहेछ तुरुन्त व्यवस्था गरिदिनुप¥यो रे । सेठानीले खबर पठाउनु भएको छ ।’

   उनको कुरा सुनेर सबै हाँस्न लागे । सेठजीको भने लाजले गाला रातो भयो । यही झोकमा बाहिर आएर हम्काउँदै भने–

   ‘तलाई मूर्ख यही बेलामा कराउनुपर्ने ?’

   बेकारमा गाली खानुपरेकाले उनको चित्त दुःख्यो र भक्कानिँदै भने–

   ‘के गर्ने त मालिक ! सेठालीले तुरुन्तै खबर गर्नु भन्नुभएको रहेछ ।’

   सेठजीले रिसाउँदै भने–

   ‘के गर्ने भन्ने नि, भित्र आएर भन्न सक्दैनथिस् ।’

   ‘आउन त खोजेको हुँ मालिक ! तर ....।’

   ‘कुरा टार्न खोज्छस् । के हो त्यो तर भनेको ।’

   ‘यही कि मालिक ! पाले दाइले आउन दिएनन् ।’ 

   त्यसपछि सेठजीले सम्झाउँदै भने–

   ‘आज जे भो, भो । आइन्दा त्यसो नगर्नु । घरबाट कुनै खबर आयो भने भित्र आएर सुटुक्क भन्नु । तत्काल भित्र आउन मिलेन भने बाहिरै कुरेर बस्नु । जब म बाहिर आउँछु तब मात्र भन्नु है ।’

   उनले हस मालिक भने । त्यस दिनदेखि त्यसै गर्न थाले । यत्तिकैमा एक दिन सेठजीको घरमा आगलागी भएको खबर आयो । यति बेला पनि यस्तै गरे । 

   उनको कुरा सुनेर सेठजीले हप्काउँदै भने–

   ‘अहिलेसम्म के हेरेर बसेको थिस् ? त्यतिबेलै भन्नुपर्ने थिएन ?’

   सज्जनले सेठजीलाई विगत सम्झाउँदै भने–

   ‘अस्ति तपाईँले नै भन्नुभएको होइन बाहिर आएपछि मात्र भन्नु भनेर ।’

   विचरा सेठजी के गरुन् । टाउको समातेर घरतिर दौडे तर यति बेलासम्म यति ढिलो भइसकेको थियो कि घरका धनमाल डडेर स्वाहा भइसकेको थियो । त्यसपछि भने सेठजीले आफूलाई समाल्न सकेनन् र आइन्दा मेरो अगाडि देखा नपर्नु भन्दै जागिरबाट निकालिदिए  । यसरी सज्जनले  बल्ल बल्ल  पाएको  जागिरबाट  पनि हात धुनुप¥यो ।

   यो एउटा दृष्टान्त हो । प्राप्त अवसरलाई बोध गर्न नसक्दा वा कति के बेला के गर्नुपर्छ भन्ने कुराका हेक्का राख्न नसक्दाको नतीजा जहाँ पनि यस्तै हुने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप