बढ्यो सुनको मूल्य, चाँदीको ओरालो
बिहीबार, २१ पुस २०७९, ११ : १२
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले हिजो बुधबारको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो । महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० रुपैयाँ रहेको जनाएको छ । हिजो बुधबार सुनको मूल्य तोलामा १ लाख २ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ४०० रुपैयाँ थियो ।
यो महिना सुनको मूल्य निरन्तर बढिरहेको छ । महिनाको पहिलो दिन तोलामा ९९ हजार ९०० रुपैयाँ रहेको थियो । जुन, तोलामा ३ हजार २०० ले बढ्दै १ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघले हिजो प्रतितोला १४ सय रहेको चाँदीको मूल्य आज १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण