सोनू सुदले मागे रेलवेसँग माफी, खासमा भएको के थियो ?
ट्रेनको ढोकामा बसेर यात्रा गरेकोमा अभिनेता सोनू सुदले माफी मागेका छन् । सोनूको पुरानो भिडियोमा टिप्पणी गर्दै रेलवेले रेलको ढोकामा बसेर यात्रा नगर्न सल्लाह दिएको थियो ।
१३ डिसेम्बर २०२२ मा, सोनू सूदले आफ्नो ट्विटरमा एक भिडियो पोस्ट गरेका थिए । जसमा उनी ट्रेनको ढोकामा बसेर यात्रा गरिरहेको देखिन्छ । भिडियोमा रेल एउटा प्लेटफर्मबाट गुज्रिरहेको देखिन्छ ।
यसबारे उत्तर रेलवेले बुधबार ट्वीट गर्दै त्यसो नगर्न सल्लाह दिएको छ । उत्तर रेलवेले ट्विट गर्यो, ‘तपाईं देश र विश्वका करोडौं मानिसहरूको लागि रोल मोडल हुनुहुन्छ । रेलको ढोकामा बसेर यात्रा गर्नु खतरनाक हो, यस प्रकारको भिडियोले तपाईंको प्रशंसकहरूलाई गलत सन्देश दिन सक्छ । कृपया यसो नगर्नुहोस् १ सुगम र सुरक्षित यात्राको आनन्द उठाउनुहोस् । ’
— sonu sood (@SonuSood) December 13, 2022
यसपछि बिहीबार सोनू सूदले उत्तरी रेलवेलाई ट्वीट गर्दै माफी मागे ।
सोनू सुदले लेखेका छन्, ‘क्षमा प्रार्थी । म यत्तिकै बसेको थिएँ कि ती लाखौँ गरिब मानिसहरुलाई कस्तो लाग्दो हो, जसको जीवन अहिले पनि रेलको ढोकामा गुज्रिन्छ । धन्यवाद यो सन्देशका लागि र देशको रेल व्यवस्थालाई राम्रो बनाउनका लागि । ’
प्रिय, @SonuSood
— Northern Railway (@RailwayNorthern) January 4, 2023
देश और दुनिया के लाखों लोगों के लिए आप एक आदर्श हैं। ट्रेन के पायदान पर बैठकर यात्रा करना खतरनाक है, इस प्रकार की वीडियो से आपके प्रशंसकों को गलत संदेश जा सकता है।
कृपया ऐसा न करें! सुगम एवं सुरक्षित यात्रा का आनंद उठाएं। https://t.co/lSMGdyJcMO
सोनु सूद कोरोना महामारीका बेला मानिसहरूलाई सहयोग गरेका कारण चर्चामा आएका थिए ।
उनले धेरै मानिसहरू, विशेष गरी गरिबहरूलाई घर फिर्ता हुन मद्दत गरेका थिए ।
क्षमा प्रार्थी 🙏
— sonu sood (@SonuSood) January 5, 2023
बस यूँ ही बैठ गया था देखने,
कैसा महसूस करते होंगे वो लाखों ग़रीब जिनकी ज़िंदगी अभी भी ट्रेन के दरवाज़ों पे गुज़रती है।
धन्यवाद इस संदेश के लिए और देश की रेल व्यवस्था बेहतर करने के लिए। ❤️🙏 https://t.co/F4a4vKKhFy
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको स्थानीयतहको बजेट ९ अर्ब ७१ करोड
-
वैदेशिक रोजगारीको कालो ऐना: मेनपावर व्यवसायी, कामदार र राज्यको दोहोरो चरित्र
-
प्रचण्ड गर्मीको चपेटामा युरोप, फ्रान्समा डुबेर मर्नेहरूको संख्या अत्यधिक
-
राजनीतिक संकटपछि भनेजुएलामा दुई शक्तिशाली भूकम्पको धक्का, तस्बिरहरू
-
सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्दै हेटौँडा उपमहानगर
-
क्यानडाका कोनेको खुट्टा भाँच्ने कतारी मिडफिल्डरलाई पाँच खेलको प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण