दक्षिण अफ्रिका हुँदै युरोप र अमेरिका जाने बढेपछि दूतावासले जारी गर्यो ट्राभल एडभाइजरी
काठमाडौँ । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले ट्राभल एडभाइजरी गरेको छ । दक्षिण अफ्रिका हुँदै युरोप तथा अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रवृत्ति बढेको भन्दै दूतावासले ट्राभल एडभाइजरी जारी गरेको हो ।
दूतावासले कसैको प्रलोभनमा नपर्न आग्रह गरेको छ । पछिल्लो समय दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षण तलब सुविधासहितको पदमा काम लगाइदिने भन्दै प्रलोभनमा पार्ने क्रम बढ्दो क्रममा छ ।
यति मात्र नभएर दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका मुलुकमा जान सहज हुने भन्दै ती देश पटाइदिने भन्दै लाखौं रुपैयाँ असुल्ने गरेका छन् । भारतका नयाँ दिल्ली, मुम्बई लगायतका सहरबाट यूएई, कतार तथा तान्जानिया, मोजाम्बिक, केन्या, मलवी मौरिसस, रुवाण्डा, कंगो लगायतका अफ्रिकी मुलुकहरू हुँदै निकै कठिन र जोखिमपूर्ण तवरले दक्षिण अफ्रिका लैजाने गरेका छन् । त्यहाँ पुर्याएपछि अलपत्र पार्ने ट्रान्जिट मुलुकहरूमा नै विषम परिस्थितिमा छोडिदिने घटनाहरू बढ्दै गएकोप्रति दूतावासको ध्यानाकर्षण भएको जनाएको हो ।
त्यस्तो कार्य नगर्न-नगराउन सबैमा अनुरोध समेत गरेको छ । दक्षिण अफ्रिका जाने नेपालीहरूलाई विभिन्न कुरा ख्याल गर्न दूतावासले अनुरोध गरेको हो । दक्षिण अफ्रिकाले २ अगष्ट २०२२ देखि विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई ल्याउन पाउने व्यवस्था गरेको छ ।
यदि त्यस्ता पदहरूमा वैदेशिक रोजगारमा जान चाहेको खण्डमा नेपाल सरकारको प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र आउन दूतावासले अनुरोध गरेको छ ।
भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका आउने प्रयोजनको लागि मात्र भएकाले सो भिसाका आधारमा रोजगारीजन्य काममा संलग्न हुन नपाउने दूतावासले प्रस्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
-
बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो, जनताले विकल्प खोज्दै छन् : राणा
-
पटना गोलीकाण्डका अभियुक्त विराटनगरमा मृत फेला
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण