शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिका हुँदै युरोप र अमेरिका जाने बढेपछि दूतावासले जारी गर्‍यो ट्राभल एडभाइजरी

शुक्रबार, २२ पुस २०७९, १२ : ४७
शुक्रबार, २२ पुस २०७९

काठमाडौँ । दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले ट्राभल एडभाइजरी गरेको छ । दक्षिण अफ्रिका हुँदै युरोप तथा अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रवृत्ति बढेको भन्दै दूतावासले ट्राभल एडभाइजरी जारी गरेको हो । 

दूतावासले कसैको प्रलोभनमा नपर्न आग्रह गरेको छ । पछिल्लो समय दक्षिण अफ्रिकामा वैदेशिक रोजगारमा आकर्षण तलब सुविधासहितको पदमा काम लगाइदिने भन्दै प्रलोभनमा पार्ने क्रम बढ्दो क्रममा छ । 

यति मात्र नभएर दक्षिण अफ्रिकाबाट युरोप, अमेरिका लगायतका मुलुकमा जान सहज हुने भन्दै ती देश पटाइदिने भन्दै लाखौं रुपैयाँ असुल्ने गरेका छन् । भारतका नयाँ दिल्ली, मुम्बई लगायतका सहरबाट यूएई, कतार तथा तान्जानिया, मोजाम्बिक, केन्या, मलवी मौरिसस, रुवाण्डा, कंगो लगायतका अफ्रिकी मुलुकहरू हुँदै निकै कठिन र जोखिमपूर्ण तवरले दक्षिण अफ्रिका लैजाने गरेका छन् । त्यहाँ पुर्‍याएपछि अलपत्र पार्ने ट्रान्जिट मुलुकहरूमा नै विषम परिस्थितिमा छोडिदिने घटनाहरू बढ्दै गएकोप्रति दूतावासको ध्यानाकर्षण भएको जनाएको हो । 

त्यस्तो कार्य नगर्न-नगराउन सबैमा अनुरोध समेत गरेको छ । दक्षिण अफ्रिका जाने नेपालीहरूलाई विभिन्न कुरा ख्याल गर्न दूतावासले अनुरोध गरेको हो । दक्षिण अफ्रिकाले २ अगष्ट २०२२ देखि विशेष ज्ञान, सीप आवश्यक पर्ने १४० किसिमको दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई ल्याउन पाउने व्यवस्था गरेको छ । 

यदि त्यस्ता पदहरूमा वैदेशिक रोजगारमा जान चाहेको खण्डमा नेपाल सरकारको प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लिएर मात्र आउन दूतावासले अनुरोध गरेको छ । 

भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा पर्यटन भ्रमणमा दक्षिण अफ्रिका आउने प्रयोजनको लागि मात्र भएकाले सो भिसाका आधारमा रोजगारीजन्य काममा संलग्न हुन नपाउने दूतावासले प्रस्ट पारेको छ ।

adv

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप