पौडेललाई भेटेर शर्माले मागे प्रचण्डलाई विश्वासको मत
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका नेता जनार्दन शर्माबीच भेटवार्ता भएको छ । शुक्रवार कांग्रेस संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा माओवादी केन्द्रका नेता शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट पुस २६ गते विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन गरेको नेता शर्माको आग्रहलाई नेता पौडेलले सकारात्मक रूपमा लिँदै पार्टीभित्र छलफल गरेर निर्णयमा पुग्ने बताएका छन् ।
नेता पौडेलले कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउँदै आएका छन् । यसअघि नेता शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेटेर प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
यता नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले २६ गते कांग्रेस संसदीय दलको बैठक बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णय हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण