माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
आइतबार, २४ पुस २०७९, ०९ : ३७

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
सरकारले विश्वासको मत दिने दिन नजिकिँदै गर्दा सोको तयारीका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । साथै बैठकमा प्रतिनिधि सभाको पहिलो बैठक र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताइएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । संसद् सचिवालयले यसको तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता