गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान सम्पन्न
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको प्रमाणीकरण (प्रुभिङ–डेमोस्ट्रेसन) उडान सफलतापूर्वक सम्पन भएको छ । आज बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाईन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको हो । यसअघि पनि २०७५ जेष्ठ २५ गते तारा एयरले नै टेष्ट फ्लाइट गरेको थियो । तारा एयरले रेसुङ्गा नगरपालिकासंगको सहकार्यमा प्रमाणीकरण (प्रुभिङ) उडान सम्पन गरेको हो ।
उक्त जहाजमा तारा एयरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सन्जिव श्रेष्ठले उडान भरेका थिए । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीसहित तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु रहका थिए ।
उडानबाट आएका सबैलाई रेसुङा नगरपालिकाका मेयर लगायतका पदाधिकारीहरुले फुलको मालासहित स्वागत गरेका थिए । प्रवक्ता बर्तौलाकाअनुसार आइतबार प्रुभिङ उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया थालिनेछ । नियमित उडानका लागि भने कम्तिमा २ देखि ३ साता लाग्नेछ । तारा एयरले सुरुमा रेसुङ्गा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण