नेपाल लाइफका अभिकर्तालाई प्रशिक्षण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले आइतबार आर्मी क्लबमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकद्वारा आफ्ना अभिकर्ताहरुलाई बीमा सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरेको हो ।
प्रशिक्षण कार्यक्रममा देशभरबाट ८ सय जनाभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
प्रशिक्षणले अभिकर्तासँगै एजेन्सी म्यानेजरहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथ साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरू विकास गर्न सहज भएको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले बताए ।
उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित भएका थिए ।
२०७९ असोज मसान्त सम्ममा कम्पनीको लगानी १ खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १ खर्ब ४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको कम्पनीले जनाएको छ । २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेको कम्पनीको देशैभरीबाट हाल करिब १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
-
लमजुङमा विद्युत् उत्पादन बढ्यो
-
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण