दुग्धजन्य वस्तुको आयातमा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी बाहिरिँदै
नेपालबाट डेरी प्रडक्ट (दुग्धजन्य वस्तु) को आयातमा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी विदेश जाने गरेको तथ्यांकले देखाएको छ । भन्सार विभागको पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा यसबीचमा वार्षिक न्यूनतम १ अर्ब ८० करोडदेखि २ अर्ब ६० करोड रुपैयाँसम्म डेरी प्रडक्टको आयातमा विदेश गइरहेको देखिन्छ ।
सरकारले हरेक वर्ष देशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने घोषणा गर्दै आए पनि यसको आयात घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । चालू आर्थिक वर्ष (आव) को ५ महीनामै १ अर्ब रुपैयाँभन्दा बढीको डेरी प्रडक्ट नेपालमा आयात भइसकेको छ । यो ५ महीनामा २४ लाख ८८ हजार किलो डेरी प्रडक्टको आयातमा १ अर्ब ६ करोड ८० लाख रुपैयाँ विदेशिएको छ । यो भनेको गतवर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा १९ लाख २६ हजार किलो डेरी प्रडक्ट आयात गर्न ९० करोड २१ लाख रुपैयाँ बाहिरिएको थियो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण