ग्यास विस्फोटबाट भक्तपुरमा एक महिला घाइते
सोमबार, २५ पुस २०७९, १७ : ३७

भक्तपुर । खाना पकाउने एलपी ग्यास विस्फोट हुँदा भक्तपुरमा एकजना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका(३ बालकोटमा ग्यास सिलिण्डर पड्केर तारा घले थपलिया घाइते भएकी हुन् ।
भक्तपुर प्रहरीले जनाएअनुसार स्थानीय रामप्रसाद थपलियाको घरको बाहिरको भान्साकोठामा ग्यास सिलिण्डरबाट लिक भएर विस्फोट भएको हो । विस्फोटबाट रामप्रसादकी श्रीमती तारा घले घाइते भएकी हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
विस्फोटबाट भान्साको वाल, सिसालगायत पार्किङमा रहेको गाडीको सिसामा समेत क्षति पुगेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक नियुक्ति विवाद : आज बार पूर्वअध्यक्ष घिमिरे र खड्कासहितले बहस गर्ने
-
गर्मीसँगै बढ्यो खरबुजा व्यापार (तस्बिरहरू)
-
सशस्त्र प्रहरी बलले थाल्यो मनसुन पूर्व तयारी
-
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
-
दक्षिण अफ्रिकी खेलाडीलाई आईपीएल सकिनुअघि नै स्वदेश फर्कन निर्देशन
-
देशभर टाटाको ‘प्रि–बजेट एक्सचेन्ज फेस्ट’