ग्यास विस्फोटबाट भक्तपुरमा एक महिला घाइते
सोमबार, २५ पुस २०७९, १७ : ३७
भक्तपुर । खाना पकाउने एलपी ग्यास विस्फोट हुँदा भक्तपुरमा एकजना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका(३ बालकोटमा ग्यास सिलिण्डर पड्केर तारा घले थपलिया घाइते भएकी हुन् ।
भक्तपुर प्रहरीले जनाएअनुसार स्थानीय रामप्रसाद थपलियाको घरको बाहिरको भान्साकोठामा ग्यास सिलिण्डरबाट लिक भएर विस्फोट भएको हो । विस्फोटबाट रामप्रसादकी श्रीमती तारा घले घाइते भएकी हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
विस्फोटबाट भान्साको वाल, सिसालगायत पार्किङमा रहेको गाडीको सिसामा समेत क्षति पुगेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण