लक्ष्मी र सनराइज मिलेर ‘लक्ष्मी सनराइज’ बैंक बन्ने
सोमबार, २५ पुस २०७९, १७ : ५८

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले आपसमा मर्ज गर्ने सम्झौता गरेका छन् । आज अपराह्न भएको सम्झौता अनुसार २ बैंक १ः१ को रेसियोमा मर्ज भएर नयाँ बैंक बन्न लागेका हुन् ।
सम्झौतामा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरेका छन् । प्रारम्भिक सम्झौताअनुसार यी २ वाणिज्य बैंक बराबरी हैसियतमा आपसमा गाभिने छन् ।
मर्जरपछि बन्ने नयाँ बैंकको नाम लक्ष्मी सनराइज हुनेछ । सम्झौतापछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् भ्रमण वर्ष मनाइरहेको बन्दीपुर
-
पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
-
सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबिच विद्यार्थी र प्राध्यापकहरू आदान–प्रदान हुने
-
प्रेस युनियनले साताव्यापी रूपमा स्थापना दिवस मनाउने
-
राजावादीहरू कुन शक्तिको आडमा गणतन्त्रविरुद्ध धावा बोल्दैछन् ?
-
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलले बुझाए ज्ञापनपत्र