एमाले धनुषा अधिवेशन : भोला यादव नेतृत्वको प्यानल विजयी

जनकपुर । नेकपा एमाले धनुषा जिल्ला कमिटीको ८औँ अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनमा भोला यादव नेतृत्वको समूहले प्यानलसहित शानदार जित हासिल गरेको छ। यादव समूहका अधिकांश उम्मेदवारले ठुलो मतान्तरले जित दर्ता गरेका छन्।
अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा भोला यादवले २०२ मतको स्पष्ट अग्रतासहित ४०२ मत प्राप्त गर्दै विजय सुनिश्चित गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वीले २०० मत प्राप्त गरे ।
उपाध्यक्ष पदमा तेजनारायण यादव विजयी भएका छन्। उनले ४३० मत ल्याउँदै जयप्रकाश सुनरैतलाई २७० मतको फराकिलो अन्तरले पछि पारे। सुनरैतले १६० मत प्राप्त गरेका छन् ।
सचिव पदमा दीपनारायण ठाकुरले ३६५ मत ल्याउँदै प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलमाथि १४० मतको अन्तरले हराएका हुन । मण्डलले २२५ मत प्राप्त गरेका छन्।
उपसचिव पदमा सबिन विक्रम थापा विजयी भएका छन्। उनले हरिकिशोर यादवमाथि १८५ मतको अग्रता बनाउँदै पद हात पारेका छन् ।
महिला उपसचिवतर्फ रुका कुमारी मिश्रले ३९१ मतसहित विजयी हुँदै किरण कापरलाई पछि पारिन्। कापरले १८४ मत प्राप्त गरेकी छन् ।
लेखा समितिको संयोजक पदमा वीरेन्द्रलाल कर्ण विजयी भएका छन्। उनले १५८ मतको अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन शान्तिपूर्ण तर प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लोन टू भ्यालु’ रेसियो न्यूनतम ७० प्रतिशत बनाउन गभर्नर पौडेलसँग नाडाको माग
-
२ मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति जारी गर्ने नीति कसरी भयो असफल ?
-
राजनीतिक सङ्कट समाधानका लागि संविधान संशोधन र गणतन्त्र सुदृढीकरण आवश्यक : जनार्दन शर्मा
-
ताप्लेजुङ घटना : छानबिन समितिले ऊर्जा मन्त्रीलाई बुझायो प्रतिवेदन
-
धितोपत्र बोर्डले गर्यो हिमस्टार ऊर्जा कम्पनीको आईपीओ स्वीकृति
-
विद्युतको नियमित आपूर्ति र ग्राहकको गुनासो सम्बोधन गर्ने अभियान कोशीबाट थालेका छौँ : हितेन्द्रदेव शाक्य