पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना

समाचार सारांश
- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।
- छहरे झरनासम्म पुग्न व्यवस्थित पदमार्ग नहुँदा पर्यटकको संख्या कम छ, तर यसलाई नयाँ गन्तव्य बनाउन पहल भइरहेको छ।
- झरनाको फेदीमा निलो तलाउ, घना जंगल, र भिरमौरीको घार छन् भने वडा अध्यक्षले पर्यटन प्रवर्द्धनका लागि पहल गरिरहेका छन्।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा छ । स्वाँत गाउँको नजिकै रहेको छहरे झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मनमोहक छहरे झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग र यसको आकर्षणका विषयमा प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्वाँतका बासिन्दा मनबहादुर पुनले बताए ।
अन्नपूर्ण चक्रीय र खोपारा पदमार्गमा समेटिएको स्वाँत गाउँमा पर्यटकको बसाई लम्बाउन छहरे झरनालाई नयाँ गन्तब्य बनाउनुपर्ने होटल ब्यवसायीसमेत रहेका पुनले बताए । झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग छैन् ।
भिराखो पाखोको भिरालो पैदलमार्गमा हिड्दा चिप्लने खतरा छ । छहरे झरनाको सुन्तरता स्वाँत गाउँमै सीमित छ । रमणीय झरना सुनसान छ ।
करिब २०० मिटर अग्लो झरना मनमोहक छ । झरनाको फेदीमा निलो आकारको तलाउ छ । वरपर घना जङ्गल छ । चराको चिरबिर चिरबिर आवाज सुन्न सकिन्छ । पहाडको फेदीमा रहेको झरना नजिकै भिरमौरीको घार (बासस्थान) छ । जहाँ हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता स्वाँतका बासिन्दाले महशिकार गर्छन् ।
छङछङ गर्दै झर्ने झरनाको आवाजले मन्त्रमुुग्ध बनाउने स्थानीय बलबहादुर तिलिजा पुनले बताए । छहरे झरना अवलोकन गर्दै तनाव भुलाउन र थकान मेटाउन सकिने उनले बताए । शान्त र एकान्त वातावरणमा रमाउन पाउनुपनि छहरे झरनाको विशेषता हो ।
झरनामा घाम पर्दा इन्द्रेणी देखिन्छ । नजिक नजिक दुई वटा झरना रहेका छन् । ठूलो छहरे झरनाभन्दा करिब २०० मिटर तल रहेको अर्को झरनालाई सानो छहरेका नामले चिनिन्छ । स्वाँत गाउँदेखि करिब २० मिनेट पैदलयात्रा गरेपछि छहरे झरनामा पुगिन्छ ।
झरनाको माथिल्लो भागसम्म कच्चि सडक पनि छ । स्वाँत गाउँमा होटल र होमस्टे (घरबास)को सुविधा छ । अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष राजेश तिलिजा पुनले छहरे झरनाको संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटकीय गन्तब्य बनाउन पहल गरेको बताए ।
सडक पुगेको ठाउँदेखि झरनाको फेदीसम्म ढुङ्गाको सिढी चिनेर पदमार्ग, दृष्य अवलोकनस्थल र बिश्रामस्थल बनाउन अध्ययन गरिएको वडा अध्यक्ष तिलिजाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
-
जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित
-
१० महिनामा ३५ अर्ब ५३ करोडको धान चामल आयात
-
मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छ : गृहमन्त्री लेखक
-
‘जलविद्युत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ’
-
शुभमन बने भारतको नयाँ टेस्ट कप्तान, पन्त उपकप्तान