शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन

शुक्रबार, ०९ जेठ २०८२, १३ : ०३
शुक्रबार, ०९ जेठ २०८२

धनुषा । गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रूपमा बढिरहेको बताएका छन् । जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले लागुऔषध नियन्त्रण जरुरी रहेको बताए । 

उनले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताए । देशभर आत्महत्याका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रूपमा आएको उनले बताए । 

लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरूलाई उनले निर्देशन दिए । गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो सर्त र आवश्यकता भएको उल्लेख गरे । शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप