नयाँ गभर्नर नियुक्तिपछि राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी फेरि बाँडफाँट, कसले के पाए ?
सारांश
- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरूको कार्य विभाजन गरिएको छ।
- निलम ढुङ्गानालाई विभिन्न विभागहरूको जिम्मेवारी दिइएको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरू पनि छन्।
- बमबहादुर मिश्रलाई बैंक सुपरिवेक्षणलगायतका विभागको जिम्मेवारी दिइएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट गरिएको छ । गभर्नर विश्वनाथ पौडेलले डेपुटी गभर्नरद्वय निलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्य विभाजन गरेका हुन् ।
यसअनुसार ढुंगानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभाग तथा प्रदेश कार्यालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै मिश्रलाई बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैङ्किङ विभाग, मानव संसाधन व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभाग रहेका छन् । गभर्नरको कार्यालय मात्रै गभर्नरमार्फत प्रत्यक्ष रूपमा चल्ने व्यवस्था गरिएको छ ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएर निलम कायम मुकायम गभर्नर बनेपछि सबै विभागको जिम्मेवारी बमबहादुरलाई दिइएको थियो । नयाँ गभर्नर नियुक्त भएर आएपछि ढुङ्गाना डेपुटी गभर्नरमा फर्किएसँगै जिम्मेवारी बाँडफाँट गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण