पाकिस्तानले आफ्नो आकाशमा इन्डिगोको विमानलाई छिर्न नदिएपछि...
सारांश
- इन्डिगोको दिल्ली-श्रीनगर उडान असिना पानीको चपेटामा पर्यो, विमानको नाकमा प्वाल परेको थियो।
- पाइलटले पाकिस्तानी आकाश प्रयोगको अनुमति मागे तर पाएनन्, जसले गर्दा विमानमा टर्बुलेन्स भयो।
- विमानमा २२७ जना यात्रु र चालक दलका सदस्य थिए, प्रतिकूल मौसमका बाबजुद श्रीनगरमा आपत्कालीन अवतरण गरियो।
नयाँ दिल्ली । बुधबार दिल्लीबाट श्रीनगर गइरहेको इन्डिगोको फ्लाइट नम्बर ६ ई २१४२ असिना पानीको चपेटामा पर्यो । टर्बुलेन्स हुने हो कि भन्ने आशङ्कामा रहेका विमानका पाइलटले लाहौरको एटिएससँग केही समयको लागि पाकिस्तानी आकाशको प्रयोग गर्न अनुमति गरेका थिए । तर पाकिस्तानको एटीएसले यसको अनुमति दिएन ।
यतिबेला विमान अमृतसरको आकाशमा उडिरहेको थियो । असिना पानी यति ठुलो थियो कि विमानको नाक (अगाडिको भाग) भ्वाङ परेको थियो । तर पाकिस्तानले आफ्नो आकाशमा छिर्न नदिएपछि विमान मूल मार्गमै उडिरहन बाध्य भयो । त्यसपछि विमानमा भयानक टर्बुलेन्स भयो । पाइलटले श्रीनगरमा यात्री र क्रु मेम्बरको सुरक्षित रूपमा आपत्कालीन अवतरण गरे ।
घटनाको समयमा विमानमा यात्री र चालक दलको सदस्य समेत गरेर २२७ जना थिए । प्रतिकूल मौसमका कारण विमानमा सवार यात्रीले पटक पटक झट्का महसुस गरेका थिए । पछिल्लो समय दुई देशबिच तनाव चर्किरहँदा भारत र पाकिस्तान दुवैले आफ्नो हवाई क्षेत्र अर्कोका लागि बन्द गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्री खनाल भारत जाँदै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण