शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

पाकिस्तानले आफ्नो आकाशमा इन्डिगोको विमानलाई छिर्न नदिएपछि...

शुक्रबार, ०९ जेठ २०८२, १२ : ३७
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • इन्डिगोको दिल्ली-श्रीनगर उडान असिना पानीको चपेटामा पर्‍यो, विमानको नाकमा प्वाल परेको थियो।
  • पाइलटले पाकिस्तानी आकाश प्रयोगको अनुमति मागे तर पाएनन्, जसले गर्दा विमानमा टर्बुलेन्स भयो।
  • विमानमा २२७ जना यात्रु र चालक दलका सदस्य थिए, प्रतिकूल मौसमका बाबजुद श्रीनगरमा आपत्कालीन अवतरण गरियो।

नयाँ दिल्ली । बुधबार दिल्लीबाट श्रीनगर गइरहेको इन्डिगोको फ्लाइट नम्बर ६ ई २१४२ असिना पानीको चपेटामा पर्‍यो । टर्बुलेन्स हुने हो कि भन्ने आशङ्कामा रहेका विमानका पाइलटले लाहौरको एटिएससँग केही समयको लागि पाकिस्तानी आकाशको प्रयोग गर्न अनुमति गरेका थिए । तर पाकिस्तानको एटीएसले यसको अनुमति दिएन । 

यतिबेला विमान अमृतसरको आकाशमा उडिरहेको थियो । असिना पानी यति ठुलो थियो कि विमानको नाक (अगाडिको भाग) भ्वाङ परेको थियो । तर पाकिस्तानले आफ्नो आकाशमा छिर्न नदिएपछि विमान मूल मार्गमै उडिरहन बाध्य भयो । त्यसपछि विमानमा भयानक टर्बुलेन्स भयो । पाइलटले श्रीनगरमा यात्री र क्रु मेम्बरको सुरक्षित रूपमा आपत्कालीन अवतरण गरे । 

घटनाको समयमा विमानमा यात्री र चालक दलको सदस्य समेत गरेर २२७ जना थिए । प्रतिकूल मौसमका कारण विमानमा सवार यात्रीले पटक पटक झट्का महसुस गरेका थिए ।  पछिल्लो समय दुई देशबिच तनाव चर्किरहँदा भारत र पाकिस्तान दुवैले आफ्नो हवाई क्षेत्र अर्कोका लागि बन्द गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप