पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध
सारांश
- अविरल वर्षाका कारण बागलुङको कालीगण्डकी करिडोरमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।
- पहिरोका कारण लामो तथा छोटो दूरीका सवारी साधनहरू रोकिएका छन्, जसले गर्दा दक्षिण बागलुङको सदरमुकामसँगको सिधा यातायात विच्छेद भएको छ।
- प्रहरीका अनुसार सडक खुलाउन मेसिन प्रयोग गरी काम भइरहेको छ, तर मुक्तिनाथ जाने पर्यटक र बुटवल, भैरहवा जाने सवारी साधन पनि प्रभावित भएका छन्।
बागलुङ । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएको भएका छन् । मेसिन ल्याएर सडक खुलाउने प्रयास भएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ । बागलुङ नगरपालिकाको विभिन्न स्थानसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारे लगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारी साधान ठप्प भएका छन् ।
कोरिडोर भएर बुटवल, भैरहवा लगायतका ठाउँमा चल्न सवारी साधान ठप्प हुनुका साथै मुक्तिनाथ जाने पर्यटक पनि रोकिनुपरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण