आर्थिक सुधार कार्यान्वयन कार्ययोजना
एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गरिँदै
शुक्रबार, ०९ जेठ २०८२, १४ : २८
सारांश
- सरकारले एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय गरेको छ।
- खारेज हुने संस्थानहरूमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना लगायत छन्।
- खारेज गरिने संस्थानको सम्पत्ति नेपाल सरकारको नाममा ल्याइनेछ, प्रधानमन्त्री कार्यालयले अनुगमन गर्नेछ।
काठमाडौँ । सरकारले एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गर्ने भएको छ । सरकारको पूर्ण तथा अधिकांश स्वामित्व रहेका जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल, तथा नेपाल ओरियन्ड म्याग्नेसाइटलाई खारेज गर्नेगरी सरकारले कार्ययोजना बनाएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोमबार स्वीकृत भएको कार्ययोजनामा उक्त कार्य एक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
खारेज हुने संस्थानको सम्पत्ति नेपाल सरकारको नाममा ल्याएर व्यवस्थापन गर्ने समेत उल्लेख गरिएको छ । अर्थ मन्त्रालयको जिम्मेवारी तोकिएको यो कामको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण