रुकुम पश्चिममा करेन्ट लागेर कर्मचारीको मृत्यु
शुक्रबार, ०९ जेठ २०८२, १२ : ४९
सारांश
- रुकुम पश्चिममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
- मृत्यु हुनेमा रुकुम पूर्वका २९ वर्षीय खिमबहादुर खड्का रहेका छन्, जो प्राधिकरणको रुकुमकोट वितरण केन्द्रमा कार्यरत थिए।
- मुसिकोट नगरपालिकामा विद्युत् पोलमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
रुकुम । रुकुम पश्चिममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका—३ का २९ वर्षीय खिमबहादुर खड्का रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
उनी नेपाल विद्युत् प्राधिकरण रुकुमकोट वितरण केन्द्रमा कार्यरत थिए । बिहीबार राति १० बजेतिर मुसिकोट नगरपालिका—४, बोहोरागाउँस्थित विद्युत् पोलको काम गर्न गएका थिए ।
त्यही वेलामा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण