शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

रुकुम पश्चिममा करेन्ट लागेर कर्मचारीको मृत्यु

शुक्रबार, ०९ जेठ २०८२, १२ : ४९
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • रुकुम पश्चिममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा रुकुम पूर्वका २९ वर्षीय खिमबहादुर खड्का रहेका छन्, जो प्राधिकरणको रुकुमकोट वितरण केन्द्रमा कार्यरत थिए।
  • मुसिकोट नगरपालिकामा विद्युत् पोलमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

रुकुम । रुकुम पश्चिममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका—३ का २९ वर्षीय खिमबहादुर खड्का रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ । 

उनी नेपाल विद्युत् प्राधिकरण रुकुमकोट वितरण केन्द्रमा कार्यरत थिए । बिहीबार राति १० बजेतिर मुसिकोट नगरपालिका—४, बोहोरागाउँस्थित विद्युत् पोलको काम गर्न गएका थिए ।

त्यही वेलामा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप