पहुँचका आधारमा बजेट छुट्याउने प्रवृत्तिलाई रोक्नुपर्छ : मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बाहदुर सिंह लामाले पहुँचको आधारमा बजेट छुट्याउने प्रवृत्तिले बजेट निर्माणमा जटिलता थपेको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्ने बताएका छन्।
गाउँपालिका महासंघ बागमती प्रदेशद्वारा शुक्रबार आयोजित अन्तरक्रियामा उनले प्रदेश सरकारमा साना र टुक्रे योजनाको चाप अत्यधिक रहेकाले व्यवस्थापनमा समस्या भएको उल्लेख गरे।
मुख्यमन्त्री लामाका अनुसार वर्तमानमा प्रदेश सरकारमा १७ हजारभन्दा बढी योजनाको भार रहेको छ। बजेट सन्तुलन मिलाउन कठिनाइ भएको बताउँदै उनले आयोजना बैंक निर्माण गरी व्यवस्थित कार्यान्वयनको प्रक्रिया अघि बढाइएको जानकारी दिए।
कार्यक्रममा महासंघ अध्यक्ष कर्णबहादुर मगरले प्रदेश र स्थानीय तहबीच समन्वय, साना आयोजना स्थानीय तहमार्फत कार्यान्वयन, तथा कानुनी अस्पष्टता हटाउन आवश्यक सुझाव प्रस्तुत गरे। साथै, जनप्रतिनिधिको सेवा सुविधा, स्थानीय तहको विधायिकी अभ्यास तथा कार्यक्रम तर्जुमा सुधार गर्नुपर्नेमा पनि जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण