शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

मिर्गौला पीडित बचाउ महाअभियान सुरू

शुक्रबार, ०९ जेठ २०८२, १७ : ३९
शुक्रबार, ०९ जेठ २०८२

बुटवल । बर्दघाट नगरपालिका र अस्पतालको अगुवाइमा मिर्गौला पीडित बचाउ महाअभियान सुरु गरिएको छ । सहिद स्मृति सामुदायिक अस्पताल र नगरपालिकाले एक बृहत् कार्यक्रमको आयोजना गरी शुक्रबार अभियानको सुरुवात गरिएको छ ।

अभियान शुभारम्भ समारोहमा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करण प्रसाद कलवारले महाअभियानका लागि प्रदेश सरकारबाट उपलब्ध हुन सक्ने सहयोगका निम्ति आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

अस्पतालमा डायलायसिस मेसिन भएपनि सञ्चालनमा ल्याउन आर्थिक अभाव भएका कारण मिर्गौला पीडित बचाउ अभियानका लागि सहयोग रकम सङ्कलन सुरु गरिएको हो ।

सरकारको स्वास्थ्य मापदण्ड अनुरूप सामुदायिक अस्पतालको प्रशासनिक सेवा बिस्तार र सेवा सञ्चालन तथा जनशक्ति व्यवस्थापनका लागि तीनै तहका सरकारले लगानी गर्न नमिल्ने बताउँदै नगर प्रमुख श्रेष्ठले डायलिसिस सेवा सञ्चालनका लागि १० देखि १५ हजार नागरिकलाई यो अभियानमा जोड्ने लक्ष्य राखिएको स्पष्ट पारे । एक घर एक हजार सङ्कलन अभियान अनुरूप नागरिकहरू स्वतःस्फूर्त रूपमा सो भन्दा कम र सो भन्दा बढी सहयोग गर्न सक्ने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

मिर्गौलाको डायलाइसिसका लागि जिल्लामा सेवा उपलब्ध नहुँदा बुटवल भैरहवा जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले सामुदायिक अस्पतालमा सेवा विस्तार गरी जिल्लामै पहिलो पटक डायलिसिस सेवा सुचारु गर्न थालिएको बताइएको छ ।

सो अभियानमा बर्दघाट नगरपालिका भित्र रहेका सबै घरमा पुगेर सहयोग सङ्कलन गर्ने योजना बनाइएको छ सामुदायिक अस्पतालमा तलब भत्ता लगायतका कार्यका लागि स्थानीय तहबाट लगानी गर्न कानुनी असहजता भएकोले र लगानी गरेको रकम बेरुजु देखिने भएकाले विकल्पको रूपमा अभियान चलाइएको श्रेष्ठले बताए ।

नवलपरासी जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले आम नागरिकको मानवीय सेवाका लागि मिर्गौला पीडित अभियान सुरु हुनु प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता अभियानहरूमा जुट्न सबैमा आग्रह गरे ।

अस्पतालको सेवा वृद्धि गर्दै मिर्गौला पीडितलाई सेवा दिन लागि चार वटा डायलिसिस मेसिन तयारी अवस्थामा रहेको अस्पताल विकास केन्द्रका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप