किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा

समाचार सारांश
- दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई किर्ते आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनले आर्थिक वर्ष २०८०/८१ मा दुई लाख राजस्व दाखिला नगरेको आरोप छ।
- महालेखापरीक्षकको कार्यालयले भट्टमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि उनलाई पक्राउ गरिएको हो। उनले राजस्व दाखिला नगरी भौचर अपलोड गरेको पाइएको छ।
- भट्टले पाँच महिनापछि रकम दाखिला गरेको खुलेको छ, तर महालेखापरीक्षकको कार्यालयले उनलाई किर्ते मुद्दामा पक्राउ गरेको छ।
खलङ्गा । महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल लेखा व्यवस्थापन प्रणालीलाई छलेर किर्ते गरेको आरोपमा यहाँको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा महालेखापरीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा लेखापाल भट्टले रु दुई लाख राजस्व दाखिला नगरेको आरोपमा किर्ते मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
महालेखापरीक्षक तोयम रायाले लेखापाल भट्टमाथि उक्त विषयमा अनुसन्धान गर्न महालेखापरीक्षकको कार्यालयअन्तर्गत सुदूरपश्चिम प्रदेश हेर्न शाखालाई निर्देशन दिएकोमा शाखाले नेपाल सरकार गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय, प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय दार्चुलामा पत्राचार गरेको शाखाका उपसचिव पशुपति काफ्लेले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको निर्देशनमा दुहुँ गाउँपालिकाका लेखापाल भट्टलाई बुधबार सदरमुकाम खलङ्गाबाट पक्राउ गरी मुलुकी फौजदारी ऐनअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी छत्र रावतले जानकारी दिए ।
लेखापाल भट्टले आर्थिक वर्ष २०८०/८१ को समपरीक्षणका लागि २०८१ मङ्सिरमा लेखा व्यवस्थापन प्रणालीबाट राजस्व दाखिला भौचर बनाएर अपलोड गरी पैसा नबुझाएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
लेखापाल भट्टले अपलोड गरेको रु दुई लाखको भौचरबाट कुनै पनि रकम जम्मा नभएको देखिएपछि अनुसन्धान गर्न उहाँलाई पक्राउ गरिएको बताइएको छ । राजस्व रकम दाखिला नभएको बारे कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले दुहुँ गाउँपालिकालाई पत्रचार गरेपछि लेखापाल भट्टले पाँच महिनापछि गत चैत १९ गते मात्रै उक्त रकम (दुई लाख) दाखिला गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट