शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

ताप्लेजुङ घटना : छानबिन समितिले ऊर्जा मन्त्रीलाई बुझायो प्रतिवेदन

शुक्रबार, ०९ जेठ २०८२, १५ : ०९
शुक्रबार, ०९ जेठ २०८२

काठमाडौँ । ताप्लेजुङमा बिजुलीको तारमा अल्झिएर बोलेरो दुर्घटनाको छानबिन प्रतिवेदन ऊर्जा मन्त्री दीपक खड्कालाई बुझाइएको छ । मन्त्रीस्तरीय निर्णयमार्फत विद्युत् विकास विभागका सुपरिडेन्टेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाएको हो । 

समितिको प्रतिवेदनमा दुर्घटनाको मूल कारण पोलको इन्सुलेटर फुस्किनु, कम भिजिबिलिटी, सवारीको छानामा राखिएको संरचनाले विद्युत् तार छोएको र विद्युत् प्रवाह रोक्ने सुरक्षा प्रणालीले काम नगरेको जस्ता गम्भीर प्राविधिक कमजोरी समेत औँल्याइएको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री खड्काले सरकार अब विद्युत् सुरक्षालाई प्राविधिक विषयमा मात्र होइन, नागरिक सुरक्षा र जनताको जीवनसँग प्रत्यक्ष जोडिए भन्दै त्यस अनुसार विचार गरेर अघि बढ्न निर्देशन दिए । 

वैशाख ८ गते ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो गाडी विद्युतको तारमा अल्झिएर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चार जनाको ज्यान गएको र दुई गम्भीर घाइते भएका थिए । 

दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई तत्काल राहत तथा दीर्घकालीन क्षतिपूर्ति सुनिश्चित गर्न समेत सम्बद्ध निकायहरूलाई निर्देशन दिइसकेको खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप