के परिपक्व भएकी हुन् साम्राज्ञी ?
काठमाडौँ । ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा भित्रिएकी हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । अगामी २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’सम्म आइपुग्दा उनले अभिनयमा लामो फड्को मारी सकेकी छन् ।
अहिलेसम्म उनको अभिनय रहेको फिल्म गन्ने हो भने दर्जन हाराहारीको छ । अभिनयको यो दौरानमा उनी फेरिएकी र धेरै परिपक्व भएकी छन् । उदाहरणको रूपमा फिल्म ‘ह्यारी कि प्यारी’ को ट्रेलर रिलिज कार्यक्रमलाई लिन सकिन्छ । कार्यक्रममा मिडियासँग खुलेरै गफिएकी उनले मिडियाप्रति भरोसा देखाएकी थिइन् ।
कार्यक्रममा फिल्म चलेन भने मिडियामा आउने हेडलाइन्स र समाचारलाई कसरी लिनुहुन्छ ? पत्रकारको प्रश्नमा उनको जवाफ थियो, ‘राम्रो फिल्म बन्यो भने त मिडियाले पनि नराम्रो लेख्दैन नि । यसैले, सबैभन्दा पहिले त फिल्म नै राम्रो बन्नुपर्छ ।’
फिल्म ‘रातो टिका निधारमा’ फ्लप भएपछि साम्राज्ञी मिडियासँग भड्किएकी थिइन् । त्यसपछि लकडाउनमा उनी मिडिया प्रति रुष्ट देखिइन् । एक म्युजिक भिडियो रिलिज कार्यक्रममा त उनी मिडियाबाट भागिन् । त्यस अगाडि युट्युबमा शीर्षक जे पनि राखिने भन्दै युट्युबको आलोचना समेत गरेकी थिइन् ।
कुनै बेला स्टारडममा बढी विश्वास गर्ने उनी अहिले भने कथावस्तु प्रति विश्वास गर्न थालेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण