रारा–पर्यटन महोत्सव हुँदै
मुगु–राराको संरक्षण र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ५ दिने बृहत रारा पर्यटन महोत्सव हुने भएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कर्णालीको पर्यटन विकासका लागि बृहत रारा–पर्यटन महोत्सव हुने रारा–पर्यटन विकास समितिका अध्यक्ष तथा रारा बचाउ अभियानका अभियन्ता देबीकृष्ण रोकायाले बताएका छन् । रोकायाका अनुसार राराको संरक्षण र रारा विकासका आधारहरु तय गर्न बृहत रारा महोत्सव गर्न लागिएको हो ।
पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको मुगु र रारा क्षेत्रको प्रबद्र्धनका लागि सरोकारवालासँग सहकार्य गरेर बैशाख अन्तिम साता रारा महोत्सव गर्न लागेको बताए । रोकायाले कर्णाली आफैंमा धार्मिक तथा प्राकृतिक हिसाबले संसारकै पर्यटकीय गन्तव्य रहेको बताए ।
यस क्षेत्रको प्रचार–प्रसारका लागि पर्यटन महोत्सवले प्रभावकारी भूमिका खेल्ने भन्दै राराको चौतर्फी विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे । ‘कर्णाली आफैमा साँस्कृतिक तथा जैविक विविधता भएको क्षेत्र हो । यहाँ आर्थिक स्रोतका लागि पर्यटनसँगै जलविद्युत, कृषि अर्गानिक र बहुमूल्य जडिबुटीको पकेट क्षेत्र हो,’ उनले भने, ‘यस क्षेत्रको समृद्धिका लागि रारा महोत्सवले सौन्दर्य र पर्यटनमा नयाँ आयम थप्नेछ ।’
‘अहिले रारा पुग्न हवाई सेवा पनि प्रभावकारी नभएको र कर्णालि राजमार्गको कालो पत्र र स्तर उन्नती नहुँदा समस्या छ, तर वैकल्पिक मार्ग तयारी गरिरहेका छौं । अबको केही वर्षभित्र वैकल्पिक मार्ग सम्पन्न हुने छ,’ उनले भने । उनका अनुसार रारालाई अन्तर्राष्ट्रिय तहमा प्रचारका लागि “स्वच्छ सुन्दर हाम्रो रारा, विश्वमा चिनाऔं मिलीजुली सारा” भन्ने नाराका साथ मुर्मा गाउँलाइ नमुना होमस्टे, मुर्मा टप भ्यु टावरको बृहत योजना अगाडि बढिसकेको जानकारी दिए । केबलकार सञ्चालनका लागि २५ रुपैयाँ अभियान सञ्चालन गरिने रोकायाले बताए ।
महोत्सवमा राराको सुन्दर दृश्यावलोकन, घोडा, डुंगा र साइकल सयर कर्णालीको बृत्तचित्र प्रर्दशन, स्थानीय उत्पादनको प्रदर्शनी, हिमालयन गाइड्स रारा म्याराथन, विविध सांस्कृतिक झाँकी, खेलकुद कार्यक्रम, राष्ट्रिय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम र स्थानीय मौलिक खाना समेत आकर्षणको रुपमा रहने जनाएइको छ । रारा संरक्षण तथा सम्बद्र्धन महोत्सवका लागि करिब ५ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण