ज्यान मुद्दाका फरार आरोपी ५ वर्षपछि पक्राउ
काठमाडौं । ज्यान सम्बन्धी मुद्दामा फरार आरोपीलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको टोलीले चितवनबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको राइनास नगरपालिका–९ घर भएका ४२ वर्षीय बेलराम गुरुङ छन् ।
बेलरामले राइनास–९ स्थित कुँडुले बस्ने ५४ वर्षीय हितमान श्रेष्ठलाई दाउराले हिर्काएर हत्या गरेको आरोप छ । २०७४ मंसिर ११ मा श्रेष्ठको हत्यापछि भागेका बेलराम ५ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
हत्यापछि फरार भएका उनी चितवनमा लुकेर बसेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपी गुरुङलाई जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा भरतपुर महानगरपालिका वडा नं। १६ बिजयनगरबाट पक्राउ गरिएको जिप्रका लमजुङले जनाएको छ ।
चितवनमा बस्दा बेलरामले आफ्नो नाम र ठेगाना ढाँटेर बसेका थिए । आरोपीविरुद्ध लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको जग भनेकै कानुन हो : जम्कट्टेल
-
अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण