सातामा १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा तोलामा १ हजार ६०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा १ हजार ६०० रुपैयाँले बढेर १ लाख ३ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै, यसबीचमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ४०० रुपैयाँ पुगेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार एकै दिन १ हजार रुपैयाँले सुनको मूल्य बढेको थियो । यस्तै, सोमबार ५०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार ४०० ले घटेको थियो । यस्तै, बुधबार ३०० ले घटेको सुनको मूल्य बिहीबार २०० र शुक्रबार ५०० ले बढेको महासंघले जनाएको छ ।
यस्तै, यो साता चाँदीको मूल्य भने स्थिर रहेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सोही मूल्यमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार पनि सोही मूल्य कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको हत्या
-
बैंकर्सको चेतावनी : ‘बैंकमाथि चौतर्फी आक्रमण भए विदेशी लगानी रोकिन सक्छ’
-
कोरोना अपडेट : थप ४२ जनामा सङ्क्रमण
-
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
-
एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
-
आईपीएल प्रिभ्यु : गुजरात भर्सेस चेन्नई, पुनरागमन गर्ने धोनीको आशा