सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धर्नास्थल माइतीघर मण्डला जाँदै गृहमन्त्री लामिछाने

शनिबार, ३० पुस २०७९, १३ : ४४
शनिबार, ३० पुस २०७९

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माइतीघर मण्डलामा भइरहेको धर्नास्थलमा जाँदैछन । बाँकेकी निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको हत्यारालाई कारवाहीको माग गर्दै माइतिघर मण्डलामा धर्नामा बसेकी अधिकारकर्मी रुवी खान लगायतलाई भेटन गृहमन्त्री लामिछाने त्यसतर्फ जान लागेका हुन् । शनिवार धर्नास्थलमा पुगेर उनले आन्दोलनमा रहेकासँग भेटघाट गर्न लागेका हुन् । 

बेपत्ता कुर्मी र मृत्यु भएकी धोवीको हत्यारा पत्ता लगाउन अघिल्लो सरकारले बनाएको छानविन समितिले कात्तिक १४ गते पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा पूर्व सभासद् बादशाहको शंकास्पद भूमिका रहेको निष्कर्ष निकालिएको थियो भने थप अनुसन्धान गर्न सिफारिस गरिएको थियो । सो प्रतिवेदनमा अन्य ७ जनालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न सुझाव दिइएपनि सो को कार्यान्वयन नभएको भन्दै खानले पुन माइतीघरमा धर्ना दिन थालेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप