लगानी सम्मेलनमा हुने भनिएको पीडीए नहुने, बोर्ड भन्छ - सबै तयारी पुगेन
काठमाडौँ । तेस्रो लगानी सम्मेलनमा गर्ने भनिएको परियोजना विकास सम्झौता (पीडीए) सम्झौता नहुने भएको छ । लगानी बोर्डले दुई दिने लगानी सम्मेलनमा चार वटा पीडीए गर्ने योजना तयार पारेको थियो । तर लगानी सम्मेलनमा गर्ने भनिएको पीडीएका लागि तयारी नसकिएकाले सम्झौता नहुने भएको हो ।
बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आवश्यक तयारी नपुगेका कारण अन्तिम चरणमा कुनै पनि पीडीए नहुने भएको हो । उनले भने, हामीले सबैजसो तयारी गरेका थियौँ । तर, अन्तिम समयमा तयारी नपुगेर यसपटक गर्ने भनिएको पीडीए सम्झौता नहुने भएको हो ।
लगानी बोर्डले दमक औद्योगिक पार्क, अप्पर मर्स्याङ्दी २, सोलार परियोजना र डाबर नेपालको लगानी विस्तारसँग सम्बन्धित सम्झौता सम्मेलनका दौरान गर्ने तयारी गरेको थियो । यिनै विषयलाई लगानी सम्मेलनको सफलताकारुपमा प्रचार गर्ने बोर्डको तयारी थियो । तर, सम्मेलनमा सम्झौता नहुने भएसँगै खासै ठुलो उपलब्धि हासिल हुनेमा भने शङ्का देखिएको छ ।
यसअघि लगानी बोर्डले विकासकर्ता र लगानी बोर्डबिच ४ वटा आयोजनाको पीडीए हुने गरी आयोजना तयार पारेको थियो । पीडीए हुने चरणमा रहेका आयोजनाहरूको सूचीमा चीन–नेपाल फ्रेण्डसीप इन्डष्ट्रियल पार्क अग्रस्थानमा थियो ।
अप्पर मर्स्याङ्दी–२, कोहलपुरमा बन्ने ४० मेगावाट क्षमताको सोलार परियोजना र डाबर नेपालको लगानी वृद्धि परियोजना पीडीएका लागि छानिएका अन्य आयोजना थिए । बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले पीडीए गर्ने गरी ४ वटा परियोजना छानिएको बताए पनि सम्झौता नभएको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण