लगानी सम्मेलनमा हुने भनिएको पीडीए नहुने, बोर्ड भन्छ - सबै तयारी पुगेन

काठमाडौँ । तेस्रो लगानी सम्मेलनमा गर्ने भनिएको परियोजना विकास सम्झौता (पीडीए) सम्झौता नहुने भएको छ । लगानी बोर्डले दुई दिने लगानी सम्मेलनमा चार वटा पीडीए गर्ने योजना तयार पारेको थियो । तर लगानी सम्मेलनमा गर्ने भनिएको पीडीएका लागि तयारी नसकिएकाले सम्झौता नहुने भएको हो ।
बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार आवश्यक तयारी नपुगेका कारण अन्तिम चरणमा कुनै पनि पीडीए नहुने भएको हो । उनले भने, हामीले सबैजसो तयारी गरेका थियौँ । तर, अन्तिम समयमा तयारी नपुगेर यसपटक गर्ने भनिएको पीडीए सम्झौता नहुने भएको हो ।
लगानी बोर्डले दमक औद्योगिक पार्क, अप्पर मर्स्याङ्दी २, सोलार परियोजना र डाबर नेपालको लगानी विस्तारसँग सम्बन्धित सम्झौता सम्मेलनका दौरान गर्ने तयारी गरेको थियो । यिनै विषयलाई लगानी सम्मेलनको सफलताकारुपमा प्रचार गर्ने बोर्डको तयारी थियो । तर, सम्मेलनमा सम्झौता नहुने भएसँगै खासै ठुलो उपलब्धि हासिल हुनेमा भने शङ्का देखिएको छ ।
यसअघि लगानी बोर्डले विकासकर्ता र लगानी बोर्डबिच ४ वटा आयोजनाको पीडीए हुने गरी आयोजना तयार पारेको थियो । पीडीए हुने चरणमा रहेका आयोजनाहरूको सूचीमा चीन–नेपाल फ्रेण्डसीप इन्डष्ट्रियल पार्क अग्रस्थानमा थियो ।
अप्पर मर्स्याङ्दी–२, कोहलपुरमा बन्ने ४० मेगावाट क्षमताको सोलार परियोजना र डाबर नेपालको लगानी वृद्धि परियोजना पीडीएका लागि छानिएका अन्य आयोजना थिए । बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले पीडीए गर्ने गरी ४ वटा परियोजना छानिएको बताए पनि सम्झौता नभएको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर
-
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल
-
राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष
-
नेपालको आर्थिक विकासका निम्ति एनआरएनबाट ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ : प्रचण्ड
-
ह्युस्टनमा पारिवारिक पार्टीमा गोलीबारी, १ जनाको मृत्यु
-
सहिद परिवारलाई मधेस प्रदेशका गृहमन्त्रीले हप्काएपछि....