बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
मतगणना

बझाङको ताजा अपडेटः २३ हजार ३७३ मत गनियो, कसको कति मत ?

सोमबार, १७ वैशाख २०८१, ०९ : १२
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २५९ मतले अग्रता बनाएका छन् । 

सोमबार बिहानको अद्यावधिक विवरणअनुसार नले ८ हजार ८७४ मत पाउँदा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ६१५ मत पाएका छन् ।

यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार २१५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३१० मत पाएका छन् । 

हालसम्म सो निर्वाचन क्षेत्रमा २३ हजार ३७३ मत गणना सकिएको छ । बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप