कर्णालीको सभामुख महिला बन्ने निश्चित, एमालेबाट सुर्खेतकी नन्दा गुरुङले उम्मेदवारी दर्ता गर्दै
सुर्खेत । कर्णालीमा नेकपा एमालेले यो पटक सभामुखका लागि महिला सांसदलाई अघि सार्ने भएको छ। समानुपातिक कोटाबाट सांसद बनेकी सुर्खेतकी नन्दा गुरुङलाई सभामुख बनाउने करिब–करिब निश्चित छ। एमाले प्रदेश अध्यक्ष समेत रहेका विना विभागीय मन्त्री विनोदकुमार शाहले सभामुखका लागि गुरुङ उम्मेदवार बन्ने निश्चित भएको रातोपाटीलाई बताए ।
उनले ४ बजे उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। सभामुखमा एमालेबाट जीतबहादुर मल्ल र कलबहादुर हमालको पनि चर्चा थियो । यद्यपि ०७४ मा पुरुष सांसदलाई सभामुख बनाइसकेको एमालेले यो पटक महिलालाई अघि सारेको हो । नन्दा गुरुङ अब सभामुख बन्ने करिब निश्चितजस्तै छ। उनको पक्षमा एमालेको १०, माओवादीको १३, राप्रपाको १ र एकीकृत समाजवादीको १ मत रहेको छ। यता नेपाली कांग्रेसबाट पनि सुर्खेतकै खड्ग पोखरेलले सभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण