शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशको उपसभामुखमा चापागाईं निर्वाचित

सोमबार, ०२ माघ २०७९, १७ : ४६
सोमबार, ०२ माघ २०७९

हेटौंडा । बागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन् । सोमबार बसेको बागमती प्रदेशसभाको बैठकमा उपसभामुख पदका लागि निर्वाचन भएको थियो । उक्त निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवामर बनेकी चापागाईं निर्वाचित भएकी हुन् । प्रदेशसभाको बैठकमा कुल सदस्य संख्या ११० मध्ये १०८ जना सांसद उपस्थित रहेका थिए । २ जना सांसद भने निर्वाचनको क्रममा अनुपस्थित रहेका थिए ।

प्रदेशसभाको सभामुख पदमा निर्वाचित हुनका लागि कुल सांसदमध्ये बहुमत सदस्यहरुको समर्थन आवश्यक रहन्छ । जस अनुसार सोमबारको बैठकमा उपस्थित सांसदहरुमध्ये एमालेकी चापागाईंको पक्षमा बहुमत सदस्यहरुले हस्ताक्षर गरेका थिए । उनको पक्षमा ६१ जना सांसदहरुले हस्ताक्षर गरेका थिए । उपसभामुख पदका लागि सत्ता गठबन्धनबाट चापागाईंसहित ३ जनाको उम्मेदवारी परेको थियो । प्रदेशसभा सचिवालय हेटौंडाले उपसभामुख पदका लागि गत शुक्रबार साँझ ५ बजेदेखि ६ः ३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय गरेको थियो । उपसभामुख पदका लागि ३ वटा दलबाट ३ जनको उम्मेदवारी दर्ता भएको हो ।

उक्त अवधिमा प्रदेशसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकिपाका सांसदले उम्मेदवारी दिएका हुन् । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छन् भने नेपाली कांग्रेसबाट सुना परियारले उम्मेदवारी दिएकी छिन् । नेमकिपाबाट गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरुले नेपालको संविधानको धार १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ९ को उपनियम (२) बमोजिम उम्मेदवारी दिर्ता गराएका हुन् । केन्द्रीयस्तरमा गत पुस २५ गते भएको सत्तारुढ गठबन्धनको भागबण्डाको क्रममा बागमती प्रदेशको उपसभामुख पद एमालेको भागमा परेको थियो । सोहीअनुसार उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी चापागाईंले उम्मेदवारी दर्ता गरेकी हुन् ।

प्रदेशसभाको सोमबारको बैठकमा ३ वटै दलका उम्मेदवारहरुको उम्मेदवारीका विषयमा छलफल गरी निर्णायार्थ प्रस्तुत गरिएको थियो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले ३ जना उम्मेदवारहरुबीच प्रदेशसभा सदस्यहरुको मत विभाजनका लागि क्रमशः उम्मेदवारी दर्ता क्रमअनुसार निर्णायार्थ प्रस्तुत गरेका थिए । सभामुख पाठकले नेपालको संविधानको धारा १८२ को उपधारा (१) तथा प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम ६ बमोजिम सभामुख पदका उम्मेदवारहरुको उम्मदवारीलाई निर्णायार्थ पेश गरेका थिए ।

सभामुख पदका लागि नेमकीपबाट उम्मेदवार बनेकी गिता काफ्लेलाई नेमकिपा बागमती प्रदेश संसदीय दलको नेता सुरेन्द्रराज गोर्साईले प्रस्ताव गरेका थिए भने सांसद सृजना सायजुले समर्थन गरेकी थिइन् । उनको पक्षमा ३ जना सांसदहरुले हस्ताक्षर गरेका थिए भने उनको विपक्षमा ६१ जना सांसदले हस्ताक्षर गरेका थिए । ४३ जना सांसद भने तथस्ट भूमिकामा देखिएका थिए । उनको विपक्षमा बहुमत सांसदले हस्ताक्षर गरेकाले काफ्लेको सभामुख पदको उम्मेदवारी सम्बन्धी प्रस्ताव बुहमतले अस्वीकृत भएको थियो ।

माओवादी केन्द्रकी कुमारी मोक्तानको प्रस्ताव र राप्रपाकी आशा लामाको समर्थनमा उपसभामुख पदमा उम्मेदवार बनेकी चापागाईंकोलाई हाम्रो नेपाली पार्टीले पनि समर्थन गरेको थियो । उनको पक्षमा ६१ जना सांसदहरुले हस्ताक्षर गरेका थिए भने उनको विपक्षमा ४९ जना सांसदले. हस्ताक्षर गरेका थिए । ७ जना सांसद भने तथस्ट भूमिकामा देखिएका थिए । प्रदेशसभाका सभामुख पाठकले बहुमत सांसदको समर्थन चापागाईको पक्षमा प्राप्त भएकाले उनलाई उपसभामुख पदमा निर्वाचित गरिएको घोषणा गरेका हुन् ।

प्रदेशसभामा गत शुक्रबार सञ्चालन भएको उम्मेदवारी दर्ताको क्रममा कांग्रेसकी सुना परियारले ३ नम्बरमा उम्मेदवारी दर्ता गराएकी थिएन् । उनको उपसभामुख पदको प्रस्ताव माथि निर्णय गर्नु पूर्वनै एमालेकी चापागाईंको पक्षमा बहुमत सांसदको हस्ताक्षर प्राप्त भएकाले उनको उम्मेदवारी सम्बन्धी प्रस्ताव प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम ५ बमोजिम संसदमा निर्णयार्थ पेश गर्न नपर्ने भएको हुँदा स्वतः अस्वीकृत भएको थियो । कांग्रेसबाट प्रदेशसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी परियारको प्रस्तावकमा सांसद उत्तम जोशी रहेका छन् भने समर्थकमा याङ्किला शेर्पा रहेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप