बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युवावस्थामा नै रजनोवृत्ति हुने क्रम बढ्दो, कारण के ?

बुधबार, ०४ माघ २०७९, १२ : ०८
बुधबार, ०४ माघ २०७९

कल्पना गर्नुहोस्, तपाईँ किशोरावस्था वा तपाईंको उमेर २०–३०  वर्ष छ । तर तपाईँ रजोनिवृत्तिबाट गुज्रिरहनुभएको छ । यो कुराले धेरैलाई चकित पार्न सक्छ, जस्तै एम्मा, सो म्याट र एल्स्पेथ नामका तीन युवतीहरूलाई पनि अचम्ममा पारेको छ ।

वयस्क उमेर सुरु हुने बित्तिकै रजनोवृत्तिको कल्पना उनले पनि गरेकी थिइनन् । तर जब मेडिकल परीक्षणको रिपोर्ट आयो तब थाहा भयो कि उनीहरू तीनै जना मेनोपजको यस्तो अवस्थाबाट गुज्रिरहेका छन्, जसबाट हरेक महिला गुज्रन्छन् तर यसबारे खुलेर बोल्दैनन् ।

यो अगस्ट २०१३ को कुरा हो, जब एक डाक्टरले एम्मा डेलानीको परीक्षण रिपोर्ट देखे र भने, ‘तिमी २५ वर्षको उमेरमा रजोनिवृत्तिबाट गुज्रिरहेकी छौ ।’

यो सुनेर एम्मा छक्क परिन् । डाक्टरकै मुखबाट सुनेर पनि पत्यार लागेन । केही महिनाअघि एउटा औषधि खाएपछि (कुन चक्की हो भन्ने विवरण छैन) उनको महिनावारी रोकियो । महिनावारी हुने कुनै सङ्केत पनि देखिएका थिएनन् । उनी सायद अब कहिल्यै आमा बन्न सक्दिनन् ।

एम्मा भन्छिन्, ‘पहिला मैले डाक्टरको कुरा सुनेर के भन्ने भनेर सोच्नै सकिनँ । उनले त्यो कुरा यसरी भनेकी थिइन् कि अब म कहिल्यै आमा बन्न सक्दिनँ ।’

एम्मा पिइओ अर्थात् ‘प्राइमरी ओभेरियन इनसफिशिएन्सी’ नामको एक मेडिकल अवस्थाबाट पीडित महिलाहरूको समूहमा पर्छिन् । पिइओका कारणले गर्दा महिलाहरूमा ४० वर्षको उमेर अघि रजोनिवृत्ति सुरु हुन्छ ।

अधिकांश अवस्थामा, यसको लागि कुनै कारण छैन । पीआईओबाट प्रभावित कति महिलामा ५० वर्षको उमेरसम्म पनि रजोनिवृत्ति सुरु हुन्छ ।

बेलायतमा प्रत्येक १०० मध्ये एक जना महिला यस चिकित्सा अवस्थाबाट प्रभावित छन् । यो औसत योभन्दा पनि बढी हुनसक्ने विज्ञहरूको विश्वास छ । तर यो यस्तो विषय हो जसमा कुनै छलफल नै छैन ।

रजोनिवृत्ति के हो र यसका लक्षणहरू के के हुन् ?

डा. निगात आरिफ यस्ता मामिलाका विज्ञ हुन् । उनी टिकटकमा रजोनिवृत्ति हेरचाहसँग सम्बन्धित भिडियोहरूको लागि धेरै प्रसिद्ध छन् । उनका अनुसार रजोनिवृत्ति जस्ता विषयमा युवाहरूमा खासै छलफल हुँदैन । यसबारे कुरा हुँदा एक अधबैँसे, कपाल फुलेका महिलाको छवि दिमागमा आउँछ । तर यो पूर्ण रूपमा वास्तविक होइन ।

त्यहाँ एम्मा जस्ता केटीहरू छन् जसलाई थाहा छैन किन उनीहरूको गर्भाशयहरू पूर्ण रूपमा सक्रिय छैनन् । पिओआईको सन्दर्भमा, यो मान्यता छ कि यो ‘अटो इम्युन कन्डिसन’, ‘क्रोमोजोम डिसअर्डर’ र गर्भाशयको शल्यक्रियाका कारण हुनसक्छ ।

तर कुरा यसको शारीरिक दुष्प्रभावको मात्रै होइन, परीक्षणमा यो पुष्टि भएपछि यसको मानसिक असर पनि गहिरो हुन्छ । जस्तै एम्मा । डाक्टरले जब उनलाई रजनोवृत्तिको पुष्टि गरे तब उनी आफ्नो कारमा बसेर घण्टौँसम्म रोइन् ।

एम्मालाई रजोनिवृत्तिको बारेमा केही थाहा थिएन । आफ्नो गृह नगर म्यानचेस्टरको पार्लरमा वृद्ध महिलाहरूले यसबारे कुरा गरेको मात्र सुनेकी थिइन् । त्यसपछि एम्माको त्यो सपना चकनाचुर भइरहेको देखिएको थियो जसमा विवाह र दुई बच्चा जन्माउने विचार सजाएर राखेकी थिइन् ।

यसपछि एम्माको ‘हर्मोन रिप्लेसमेन्ट थेरापी’ केही महिनासम्म चल्यो । यसै क्रममा उनको गर्भाशयले काम गर्न छोडेको थाहा भयो । महिनावारीका लागि आवश्यक पर्ने एस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हर्मोन शरीरमा उत्पादन हुन सकेको थिएन । हर्मोनको यो असन्तुलनका कारण उनको स्वास्थ्यमा वर्षौँदेखि असर परिरहेको थियो ।

यस अवधिमा उनले सामना गरिरहेको ‘ब्रेन फग’ (यसमा पीडितले एकाग्रताको कमी महसुस गर्छ) उनको स्वभावको हिस्सा थिएन । बरु यो रजोनिवृत्ति को लक्षण मध्ये एक थियो । यस अवधिमा उनलाई अक्सर ‘हट फ्लसेज’ (शरीरमा अचानक तातो महसुस हुनु) देखिन्थ्यो । यो यति जोडदार हुन्थ्यो कि जति लामो समयसम्म हेयर ड्रायर प्रयोग गर्दा पनि टाउको तातो हुँदैनथ्यो । उनलाई राती निद्रा लाग्दैनथ्यो । यो उनले सोचेजस्तो इन्सोमेनिया थिएन । यी सबै लक्षण हर्मोनमा असन्तुलनको थियो ।  

यस्ता लक्षण एम्माकी आमाले पनि महसुस गरेकी थिइनन् । ४० वर्ष नाघेकी उनी घरकी एक्ली महिला थिइन्, तर यो उमेरसम्म उनी रजोनिवृत्तिको चरणमा पुगेकी थिइनन् । एम्माको उमेरका धेरै साथीहरू विवाहित थिए । उनीहरूका सन्तान पनि भइसकेका थिए । त्यति बेला एम्मालाई लाग्थ्यो कि उनको अवस्थालाई सायद कसैले बुझ्न सक्ने छैन ।

यी सबैबाट छुटकारा पाउन एम्माले आफूलाई काममा व्यस्त राखिन् । उनी यस विषयमा हुने साना छलफलबाट पनि टाढा राख्न थालिन् । साँझको एक्लोपनबाट आफूलाई जोगाउन, एम्मा अबेर राती पार्टीहरू र कहिलेकाहीँ डेटमा जान थालिन् ।

एम्मा भन्छिन्, ‘मैले मदिरा र सेक्समा आफूलाई पूर्णतया डुबाएको थिएँ । यसबारे अरूसँग कुरा गर्नु कत्तिको महत्त्वपूर्ण थियो भन्ने मैले महसुस नै गरिनँ ।’

म त उमेर भन्दा अघि रजोनिवृत्तिबाट गुज्रिरहेको थिएँ । तर यहाँ धेरै महिलाहरू थिए जो गम्भीर रोगबाट पीडित थिए । उनको उपचारको क्रममा उनी रजनोवृत्तिको स्थितिमा आइसकेकी छिन् भन्ने थाहा भयो ।

mattकम उमेरमा रजनोवृत्तिकी यस्तै एक सिकार हुन् लन्डनमा ग्राफिक्स डिजाइनकी विद्यार्थी सोए म्यात फोए । उनी क्यान्सरको उपचारका कारण रजनोवृत्तिको स्थितिमा पुगेकी हुन् । २३ वर्षको उमेरमा उनलाई तेस्रो चरणको आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । पेटको तल्लो भागमा रेडिएसन थेरापीका कारण उनको पाठेघर प्रभावित भएको थियो । तर भविष्यमा यसको नतिजा के हुन्छ, त्यो उनीहरूलाई त्यति बेला थाहा थिएन ।

सो म्याट भन्छिन्, ‘मेरो उपचार गर्ने डाक्टरहरू पूर्णतया क्यान्सरमा केन्द्रित थिए । यस कारणले गर्दा म रजोनिवृत्तिको चरणमा पुग्छु भनेर कसैले बताएनन् ।’

उपचारका क्रममा उनलाई अचानक कानमा सिट्ठी बजेको जस्तो, चिन्ता र थकान जस्ता गम्भीर लक्षणहरू महसुस हुन थालेका थिए । जब सो म्याट हुर्किरहेकी थिइन् तब उनको वरिपरि महिनावारी, फर्टिलिटी र मेनोपजबारे कुराकानी साधारण थिएन । त्यसैले उनलाई यसको अर्थ के हो, थाहा थिएन ।

गर्भावस्थाबाट बच्नका लागि चक्की र आईयूडी (पाठेघरमा प्रत्यारोपण गरिने उपकरण) प्रयोग गर्ने उनका विश्वविद्यालयका साथीहरूलाई समेत उनको अवस्थाबारे कुनै जानकारी थिएन ।

सो म्याट भन्छिन्, ‘यो सबै ममाथि नै भइरहेको थियो । मेरो साथीले मलाई वृद्ध महिलासँग तुलना गर्थे । त्यसपछि मलाई लाग्यो कि मैले मेरो जीवनको ठुलो हिस्सा यत्तिकै गुमाएँ ।’

सो म्याटले आफ्नो मानसिक अवस्थाबारे डाक्टरसँग कुरा गरिरहे पनि यो अवधिमा रजोनिवृत्तिका लक्षणहरूको ख्याल गरिएन । त्यसपछि उनी आफैँले रजोनिवृत्तिको लक्षण र यसको उपचार बारे गुगल गर्न थाले ।

यसै क्रममा उनले ‘हर्मोन रिप्लेसमेन्ट थेरापी’ बारे थाहा पाइन् । यद्यपि, यो थेरापी निश्चित प्रकारको क्यान्सरबाट पीडित महिलाहरूको लागि सिफारिस गरिएको छैन । तर सो म्याटको हकमा त्यस्तो भएन । यो थेरापी सुरु गरेपछि उनले रजोनिवृत्तिको लक्षणमा सुधार भएको महसुस गरिन् ।

त्यति बेलादेखि आजसम्म सो म्याटले राहत महसुस गरिरहेकी छिन् । यसमा थप सुधारका लागि उनले एचआरटीसँगै लामो दुरी हिँड्ने र तातो पेयपदार्थ पिउनबाट जोगिने जस्ता उपाय अपनाउने गर्छिन् । उनलाई लाग्छ कि काश, उपचारका बेला रजनोवृत्तिको लक्षणसँग जुध्ने तरिका पहिल्यै बताइएको भए । उनी भन्छिन्, ‘त्यति बेला यो यस्तो मुस्किल हुने थिएन ।’

matt1डा. निगात आरिफको सोसल मिडिया अकाउन्ट रजोनिवृत्तिको लक्षणबाट पीडित महिलाहरूका सन्देशहरूले भरिएको छ । डा. आरिफ डाक्टर र स्वास्थ्यकर्मीहरूलाई भन्छिन् कि रजोनिवृत्तिको उपचारमा सबैभन्दा महत्त्वपूर्ण कुरा यसको बुझाइ हो । तर यो त्यति बेलासम्म हुने छैन जबसम्म हरेक उमेरका महिला यसका लागि बनाइएका ‘ट्याबु’ तोड्ने हिम्मत गर्दैनन् ।

डा. आरिफ भन्छिन्, ‘तपाईंको जीवनमा जो पनि महिला छन्, उनीहरूसँग कुरा गर्नुहोस् । आफ्नी श्रीमती, आमा, हजुरआमा, काकी, बहिनी, भतिजी र प्रेमिका । सबैसँग चर्चा गर्नुहोस् । यसमा लाज मान्नुपर्ने कुरै छैन । तपाईँ यो बुझ्ने कोसिस गर्नुहोस् कि उहाँहरू कुन अवस्थाबाट गुज्रिरहनुभएको छ ।’

डा. आरिफ थप्छिन्, ‘आज धेरै सङ्ख्यामा पीओआईबाट पीडित महिलाहरू अगाडि आएका छन् भने यसको लक्षण राम्ररी बुझेका कारण हो । तर समयमै अनुसन्धान गर्न चेतना जगाउन अझै समय लाग्ने छ । तपाईँले बुझ्नुपर्छ कि यदि पीओआईको समयमै उपचार गरिएन भने, यसले महिलाको मुटु, हड्डी र मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ ।’

डा. आरिफका अनुसार, पीओईबाट पीडित धेरै महिलाहरूले आफ्नो जीवन अन्धकारमा महसुस गर्न थाल्छन् । यी मध्ये धेरै महिलाहरू सन्तान चाहन्छन् तर यस कारणले उनीहरूको चाहना सधैँ अधुरो रहन्छ ।

धेरै बिरामीको शल्यक्रियाका क्रममा डा. आरिफले यौन सम्पर्कको बेला दुख्ने र यौन उत्तेजना नहुने जस्ता अवस्थाबारे पनि थाहा पाइन्, यसबारे कोही बोल्दैनन् ।

wilson२३ वर्षकी एल्स्पेथ विल्सन पनि यो सबै राम्रोसँग बुझ्छिन् । विल्सनलाई १५ वर्षको उमेरमा रजोनिवृत्ति भएको पत्ता लागेको थियो । यसका कारण डेटिङ लाइफमा सेक्समा समस्या आएको थियो ।

विल्सन भन्छिन्, ‘यो अवस्थासँगै सम्बन्धमा रहन मुस्किल हुने गर्छ । तपाईँ यो जताउन चाहनुहुन्छ कि तपाईँ प्रेम गर्नुहुन्छ तर तपाईंको शरीरले साथ दिँदैन ।’

विल्सन भन्छिन्, ‘डाक्टरहरूले मलाई यो मेरा लागि गम्भीर समस्या हुनसक्छ भनेर कहिल्यै नभनेको कुराले मलाई असाध्यै निराश बनाउँछ ।’

कलेज पूरा गरेपछि, विल्सनले न्यूक्यासलमा बजार अनुसन्धानकर्ताको रूपमा काम सुरु गरिन् । कम्पनीका इन्चार्जले उनलाई धेरै सपोर्ट गरे पनि पीओआईबाट पूर्णरुपमा छुटकारा पाउने बाटो निकै कठिन देखिन्छ ।

विल्सन थप्छिन्, ‘यसले तपाईँभित्र ‘इम्पोस्टर सिन्ड्रोम’ (मनमा उठ्ने एक खालको भ्रम) सिर्जना गर्छ । म कति पटक ब्रेन फगको सिकार हुने गर्छु र यो निकै खराब समयमा सुरु हुन्छन् ।’

विल्सनले आफ्नो व्हाट्सएप समूहमा यसबारे कुरा गर्न पाउँदा राहत महसुस गर्छिन् । यस समूहमा पिओआईबाट पीडित महिलाहरू छन्, जसले यसबारे सबै प्रकारका कुरा गर्छन् ।

विल्सन भन्छिन्, ‘ जब तपाईँ लक्षण बारे खुलेर कुरा गर्न सक्नुहुन्छ तब यसले तपाईँलाई धेरै सहयोग दिन्छ । यदि तपाईँलाई राम्ररी कुरा गर्ने तरिका थाहा छ भने, लाज मान्नु पर्ने केही छैन ।’

सो म्याट पनि यसमा सहमत देखिन्छन् । उनी क्यान्सर र रजोनिवृत्तिबाट पीडित महिलाहरूको लागि अनलाइन सपोर्ट ग्रुप पनि सामेल भएकी छिन् ।

उपचारका क्रममा एम्माले पनि यो कुरा सिकिन् । वर्षौँसम्म यसका लक्षणहरू र यसले गर्दा हुने समस्याहरूलाई दबाएपछि, एम्मा आज यसबारे खुलेर कुरा गर्छिन् । यसको सुरुवात आफ्नो डाक्टरलाई खुलेर आफ्नो कुरा राख्नेबाट भयो । ती डाक्टरले पनि उनलाई एक साधारण मानिसलाई झैँ खुलेर बताउन सिके ।

एम्मा भन्छिन्, ‘मलाई कस्तो रोग लागेको छ भन्ने कुराले फरक पार्दैन, फरक यो कुरा ले पार्छ कि तपाईँले आफैँलाई बुझ्नुहोस् कि तपाईँ को हुनुहुन्छ । उपचारको क्रममा मैले यो ठुलो कुरा सिकेँ । ’

केही वर्ष अघि उनले एक व्यक्तिलाई भेटे जसले उनको अवस्थालाई पूरा समवेदनाका साथ बुझ्छन् । आज उनीहरू सँगै बस्छन् ।

बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप