बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाले बुझे चुनावी समीक्षाको प्रतिवेदन

बुधबार, ०४ माघ २०७९, १२ : २५
बुधबार, ०४ माघ २०७९

काठमाडौँ ।  गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचन पश्चात् राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकद्वारा गठित "निर्वाचन समीक्षा कार्यदल"ले बुधबार आफ्नो प्रतिवेदन पार्टी अध्यक्ष कमल थापा समक्ष पेस गरेको छ ।

 पार्टी उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिवेदन आगामी माघ ९/१० गते काठमाडौँमा डाकिएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने छ ।

प्रतिवेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समीक्षा प्रतिवेदन विस्तृत अध्ययन गरेर केन्द्रीय समितिमा छलफल पश्चात् कार्यान्वयन गरिने बताए । प्रतिवेदन यथार्थपरक र व्यवहारिक बनाउन हरसम्भव प्रयास गरिएको र देशभरीका नेता कार्यकर्ताहरूको भावना समेटिएको तथा कमिकमजोरीका बारेमा समेत यथेष्ट उल्लेख गरिएको कार्यदलका संयोजक डाक्टर भण्डारीले जानकारी दिए । 

कार्यदलमा नेताहरू वसन्तमान सिंह अधिकारी , सुरेश आचार्य ,माधव खत्री , नर प्रसाद थापा ,यबती कार्की, हिक्मत सिंह भण्डारी ,राजाराम बर्तौला "चुनेली",उज्ज्वल पोखरेल, रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप