डोल्पामा अग्नि पिडितलाई राहत वितरण
दुनै–डोल्पामा अग्नि पीडितहरुलाई राहत वितरण गरिएको छ । मंगलबार सदरमुकाम दुनैस्थित जिल्ला प्रशासन कार्यालयको हलमा अग्नि पीडितहरुलाई राहत वितरण गरिएको हो । गत पौष २६ गते तल्लो डोल्पाको मुड्केचुला गाँउपालिका अन्तर्गत वडा नम्बर ९ होर्त गाँउका नौ घरधुरी र त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ७ पहाडाका तीनसहित १२ घरधुरीलाई नगद र कम्मल वितरण गरिएको हो । जिल्ला दैबी उद्धार कोषबाट प्रतिघरधुरी पन्ध्र हजार, नेपाल ग्रामीण पुनःनिर्माण संस्था आरआरएनबाट प्रति घरधुरी चारवटा ब्लाङ्केट सहित बाटो खर्चस्वरुप नगर चारहजार वितरण गरिएको छ ।
आगलगीबाट घरबार सबै गुमाएका पीडितहरुले नगद र कम्बल राहत पाएपछि भाबुक हुँदै राहत उपलब्ध गराउने सम्पूर्ण निकायलाई हार्दिक धन्यवाद समेत प्रदान गरेका थिए । राहत वितरण कार्यक्रममा जिल्ला दैबिक उद्धार कोषका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले राहत संकलन गरेर सहयोग गर्नु उदाहारणीय र नमुना भएकाले सबैलाई धन्यबाद समेत व्यक्त गरेका थिए ।
प्रकोप जोखीम न्युनीकरणका लागि पनि आफ्नो संस्थाले काम गर्दै आएकाले थोरै भएपनि केही राहत होस भनेर बाटो खर्च चार हजार सहित ४८ थान कम्मल वितरण गरिएको आर.आर.एन नेपालका स्थानीय शासन अधिकृत छबि खनालले बताए । आगलागीमा परेर घरथात सबै गुमाउनेहरुको पीडामा थोरै भएपनि राहत होस् भन्दै संयुक्त हिसाबमा एकलाख दुई हजार नगद संकलन गरेर वितरण गरिएको नागरिक अगुवा योगेन्द्र बुढाले बताए ।
आफुहरुलाई संयुक्त रुपमा प्रदान गरेको रकमबाट केही दिन भएपनि उनीहरुको दैनिकी चल्ने र उनीहरुलाई दिगो रुपमा पुनःस्थापनाका लागि राज्यले सोच्नु पर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण